Comments Add Comment

पदाधिकारी नियुक्ति छिट्टैः कांग्रेस सभापति देउवा

Sher-Bahadur-Deuba

७ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा केही गर्न सकेन भनेर आलोचना खेप्नु परेको गुनासो गरेका छन् ।

नेपाली कांग्रेस महाधिवेशन विशेष नामक पुस्तक विमोचन गर्दै देउवाले आफू आलोचनाबाट मुक्त हुन चाहेको बताए । यसका लागि पदाधिकारीसहितका रिक्त पदहरुमा छिट्टै पदपूर्तिको प्रयास गर्ने उनले बताए ।

कांग्रेस सभापति देउवाले पुराना इलाकालाई आधार मानेर स्थानीय तहको चुनाव गर्नु पर्ने बताए ।

पुरानो संरचनालाई आम मानिसले बुझेको र कार्यान्वयन गर्न पनि सजिलो हुने उनको तर्क छ । गाउँ नगर चुनाव गरेपछि मात्र संविधान कार्यान्वयन सुरु हुने उनको धारणा थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment