Comments Add Comment

विभिन्न मुद्दामा फरार आठजना पक्राउ

jail१४ असोज, राजविराज। विभिन्न मुद्दामा फरार आठ प्रतिवादीलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरी र जिल्ला अदालतबाट खटिएको संयुक्त टोलीले दुई दिनमा फरार आठ अभियुक्तलाई पक्राउ गरिएको प्रहरी भीमप्रसाद ढकालले बताए ।

जिल्ला अदालत राजविराजबाट ज्यान मार्ने उद्योग मुद्दामा ६ महिना १८ दिन कैद पाएर विगत १६ वर्षदेखि फरार रहेका जोगिनिया–२ (हाल हनुमाननगर योगिनिमाई नपा–२) बस्ने खुसीलाल मण्डल र मिश्रीलाल मण्डललाई प्रहरीले पक्राउ गरेको छ । घरबाटै पक्राउ परेका उनीहरुलाई जिल्ला अदालतले २०५७ माघ १३ गते ६ महिना १८ दिन कैद तोकेको थियो ।

यस्तै, सप्तरीको लालापट्टी–७ बस्ने ६५ वर्षीया साबित्रादेवी खङ्गको हत्या आरोपमा सोही ठाउँका ३० वर्षीया पञ्चदेव खङ्गलाई समेत कर्तव्य ज्यान मार्ने मुद्दामा फरार रहेका उनलाई प्रहरीले पक्राउ गरेको छ ।

त्यस्तै, बोक्सी मुद्दा आरोपमा फरार पाँच प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको इनरुवा–५ का राजाराम मण्डल, रामेश्वर मण्डल, दीपक मण्डल, दुःखी मण्डल र ब्रह्मदेव मण्डल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ परेकालाई जिल्ला अदालतमा उपस्थित गराई राजविराजस्थित कारागारमा पठाइएको प्रहरी उपरीक्षक ढकालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment