Comments Add Comment

थारु भाषाको फिल्म ‘भौंरा’को च्यारिटी शो आज

tharu film_bhauraकाठमाडौं । थारु भाषाको फिल्म ‘भौंरा’को च्यारिटी शो शुक्रबार राजधानीमा हुँदैछ । चम्पन साँस्कृतिक समूहको पहिलो प्रस्तुति रहेको यो फिल्मको च्यारिटी विश्वज्योती हलमा साँझ पाँच बजे पछि हुनेछ ।

फिल्ममा थारु समुदायका, कुरिती, थारु रीतिरिवाज र सँस्कृतिबारेको कथावस्तु समेटिएको निर्माता नन्दुराज चौधरीले जानकारी दिए ।

२५ लाख लगानीमा बनेको यो फिल्ममा अधिकांश कलाकार नयाँ छन् । दाङ र देउखुरीका थारु बस्तीहरुमा चलचित्र छायांकन गरिएको छ ।

कृष्ण चौधरीको निर्देशन र श्रीनारायण चौधरीको पटकथा रहेको यो फिल्मको नृत्य निर्देशकमा दीपक चौधरी, हरि वाग्ले र दीपक दीप छन् ।

अनुभवि छायाँकार हरिनारायण चौधरीले फिल्म छायांकन गरेका छन् । फिल्ममा निर्माता नन्दुराज चौधरीसहित, कृष्ण चौधरी, श्रीनारायण चौधरी, सोनु थारु, अन्जु चौधरी, रीमा चौधरी, राज कुस्मी, हरि चौधरी, रोशन रत्गैँया, फिरु चौधरी, वीरबहादुर चौधरी, समीक्षा चौधरी, राम कठरियालगायतको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment