+
+

बेलायती राजकुमारी वियाट्रिस नेपालमा, हेर्नुस् ५ तस्वीर

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज १६ गते १३:४८

Princess Beatrice of York Nepal Visit (20)

१६ असोज, काठमाडौ । बेलायती राजकुमारी वियाट्रिस एलिजावेथ मेरी अफ योर्क नेपाल भ्रमणमा आएकी छन् । उनले आइतबार विहान पशुपतिनाथ मन्दिरको परिसरको अवलोकन भ्रमण गरेकी छन् ।

साथै तिलगंगा आँखा अस्पताल पुगेकी छन् ।  अस्पतालमा झण्डै दुई घण्टा विताउने क्रममा बेलायती महारानी एलिजावेथकी नातिनी वियाटियले अस्पतालले प्रदान गर्दै आएको विभिन्न सेवासुविधाबारे जानकारी लिएकी थिइन् ।

उनले अस्पतालमा रहेको आखा बैंक, पेडियाटिक क्लिनिक, इन्टाउनकुलर लेन्स ल्याव, रिफ्राक्टिभ सर्जरी युनिट, आपिडी सेवा, शल्यक्रिया कक्षकोे समेत भ्रमण गरेकी छिन् ।

नेपालकै ठूलो अस्पतालको रुपमा रहेको तिलगंगाले विना शुल्क गरीबहरुका लागि कसरी सेवा पुर्‍याएको छ भन्नेबारे उनले विशेष चासो राखेको अस्पतालका प्रशासक भगीरथी बानिँयाले बताए ।

Princess Beatrice of York Nepal Visit (1) Princess Beatrice of York Nepal Visit (10) Princess Beatrice of York Nepal Visit (12) Princess Beatrice of York Nepal Visit (13)

तस्वीरः श्रीधर पौडेल 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?