Comments Add Comment

द्वन्द्वकालीन मुद्दामा नेपाली सेना तानिनु हुन्नः प्रधानमन्त्री

Prachanda-and-Rajendra-Chatri

१६ असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले द्वन्द्वकालीन मुद्दामा नेपाली सेना तानिनु नहुने बताएका छन् ।

प्रचण्ड प्रधानमन्त्री भएपछि पहिलो पटक आइतबार सेनाको मुख्यालय जङ्गी अड्डा पुगे र उनले शान्ति प्रक्रियामा नेपाली सेनाले सकारात्मक भूमिका देखाएको भन्दै उच्च सम्मान गर्ने बताए ।

प्रधानमन्त्री प्रचण्डले अघि भने, ‘नेपाली सेनाको मनोबल उच्च राख्न सरकार सचेत छ । विगतका द्वन्द्वसँग सम्वन्धित मुद्दामा सेना तानिनु हुँदैन भन्नेमा सरकार सचेत र दृढ छ ।’

शान्तिको महत्व युद्धमा प्रत्यक्ष सहभागी भएर लडेकाले बढी बुझ्ने भन्दै उनले भने, ‘बाहिरबाट हेर्नेले युद्ध र शान्तिको अनुभूति गर्न सक्छन् । आफैं सहभागी भएकाले बढी बुझेको हुन्छ ।’

प्रधानमन्त्री प्रचण्डले विश्वमा शान्ति स्थापनार्थ नेपाली सेनाको उच्च योगदान रहेको बताए । साथै भूकम्पपछिको उद्धार, राहत र पुनर्निर्माण, राष्ट्रिय गौरवको आयोजनामा नेपाली सेनाले खेलेको भूमिकाको प्रशंसा गर्दै भने, तपाईहरु ढुक्क हुनुस्, सेना बलियो भए मात्रै राष्ट्रिय सुरक्षा र अखण्डता बलियो हुन्छ भन्नेमा सरकार स्पष्ट छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment