+
+

जाकार्ताको सडक बोर्डमा एक्कासी पोर्न फिल्म चलेपछि….

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज १७ गते ११:०६

१७ असोज, काठमाडौं । इन्डोनेशियाको राजधानी जाकार्ताको एक व्यस्त सडकमा राखिएको विद्युतीय डिस्प्ले बोर्डमा अचानक ‘पोर्न फिल्म’ चलेपछि सबै हैरान भएका छन् ।

Pornographic-material-being Displayed at Jakartaउक्त इलेक्ट्रिकल बोर्ड शहरका मेयरको कार्यालयको नजिक छ ।

दक्षिण जाकार्ताको सूचना अधिकारी एडी विर्यानो लिस्तारीले उक्त घटना गम्भीर रहेको बताए ।

स्थानीय मिडियाहरुका अनुसार लिस्टारीले डिस्प्लेमा कसरी पोर्न फिल्म चल्यो भन्नेबारे आफू जानकार नभएको र यसको जिम्मेवार को हो थाहा नभएको बताए ।

कुनै निजी कम्पनीले उक्त डिस्प्लेलाई हृयाक गरेको आशंकामा प्रहरीले अध्ययन गरिरहेको छ ।

सञ्चारमाध्यमहरुमा यसबारे समाचार प्रशारण भएपछि सामाजिक सञ्जालहरुमा मानिसहरु बहस गर्न लागेका छन् । डिस्प्ले बोर्डमा पोर्न फिल्म चल्नु एक दुर्भाग्यपूर्ण घटना थियो ? या व्यावसायीक हृयाकरको काम थियो भन्ने विषयमा बहस केन्दि्रत भइरहेको छ ।

पेट क्रोनिनले लेखेका छन् ,’ओहो जाकार्ता तिमीले मलाई हैरान पार्न छोडेनौं ।’

पछिल्ल्ाा दिनमा परमिट या लाइसेन्स नभएका कारण सहरमा लगाइएका २९ होर्डिङलाई हटाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?