+
+

रेखाको ‘आजको डायरी’: धानको बालाको सुगन्ध र सुटिङ

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज १७ गते १८:२९

rekha thapa
म यतिबेला चलचित्र ‘डायरी’को छायांकनका लागि सिराहामा छु । राती १ बजेसम्म निर्मात्री तथा नायिका छुल्ठिम गुरुङसँग कुरा गरेर बसेकाले पनि बिहान उठ्न सकिनँ ।

बिहान ६ः३० बजे नै उठ्नु पर्ने थियो । छुल्ठिम बिहानै ढोकामा आइपुग्छिन् । म भने ७ बजे मात्र उठेँ । उठेर फ्रेस भएपछि चिया, पानी पिएर मेकअप गरेँ । म बसेको होटल र सुटिङ स्थल नजिकै छ । सिराहामा एकदमै गर्मी छ । बिहानै चर्को घाम लागेकाले गर्मी बिहानैबाट हुन थाल्छ । पहिलो टेक नै आज ‘मेयरलाई थर्काउने’ थियो । ‘यो जिल्ला तपाइले चलाउनु भएको छ’ भन्ने खालको संवाद थियो ।

दिउँसो २ बजेसम्म सुटिङमै थिएँ । २ बजे होटलमै आएर खाना खाएँ । सुटिङका कारण साथीहरुसँग कुरा हुन पाउँदैन । यसैले, व्रेकको समयमा नै फोन गर्नुपर्ने सबैलाई गरेँ । खाना खाइसकेपछि फेरि सुटिङमै गएँ । आज मेरो धेरै सिन थिएन । यसैले अरुले सुटिङ गरिराख्दा नै मेरो भने प्याकअप भैसकेको थियो । अहिले होटलमै आएर बसेकी छु ।

मलाई प्रकृतीसँग रमाउन एकदमै रमाइलो लाग्छ । सिराहाका खेतमा झुल्दै गरेका धानका बाला हेरेर मन प्रफुल्ल भएको छ । डुब्दै गरेको घामको दृश्य झनै मनमोहक लाग्छ । होटलबाट यहाँको दृश्य निकै आकर्षक देखिएको छ । धानको बालाबाट आउने मनमोहक वासनाले मलाई निकै आनन्द दिइरहेको छ ।

दिनभर मलाई विभिन्न कुराले खुलदुली नै बनाइरहेको हुन्छ । काठमाण्डौमा साथीहरुलाई दशैं कत्तीको लाग्यो होला ? कसले के के सपिङ गरे होलान् ? यस्तै यस्तै खुलदुली सुरु भएको छ अहिले ।

अब बेलुकी छुल्ठिम आएपछि खाना खान्छु । भोली बिहान काठमाण्डौ र्फकनु पर्ने भएकाले पनि बेलुकी चाडै नै सुत्छु । मलाई हरेक दिन विशेष लाग्छ । आजको दिन मैले जिउन पाएँ भन्ने लाग्छ ।

केही समय हाँसो, केही समय निराशा जे भएपनि दिन बाँच्न पाउँदा मलाई निकै आनन्द लाग्छ । रमाइलो, नैराश्यता त मानिसको हरेक दिन आइरहने कुरा हुन् । यसैले म हरेक दिनलाई शतप्रतिशत रुपमै रमाउने कोशिश गर्छु । आजको दिनलाई म ५ मा ५ नै दिन्छु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?