Comments Add Comment

पोखरीमा डुबेर युवकको मृत्यु

१८ असोज, लहान । सिरहाको इटर्वामा पोखरीमा डुबेर सोमबार साँझ एक युवकको मृत्यु भएको छ ।

man-found-dead-at-late-congress-ministerमृत्यु हुनेमा इटर्वा–७ निवासी २४ वर्षीय अनुज यादव रहेको प्रहरीले जनाएको छ ।

घरनजिकै रहेको पोखरीमा नुहाउनेक्रममा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

यस्तै, सिरहाको सुखीपुर नगरपालिका–९ निवासी ७० वर्षीया डोमी साहको अचानक लडेर मृत्यु भएको छ ।

लहान नगरपालिका– १४ भिसा टोलस्थित सुरेश चौधरीको खेतमा काम सकेर सोमबार घर फर्किनेक्रममा अचानक लडेर साहको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment