+
+

माओवादी सांसदको माग-साम्राज्यवाद र बिस्तारवाद भन्न पाइँदैन

संसदको रेकर्डबाट हटाउन आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज १८ गते १२:०८

१८ असोज, काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका सांसद जनकराज जोशीले ‘अमेरिकी साम्राज्यवाद’ र ‘भारतीय विस्तारवाद’ भन्ने शव्द असंवैधानिक भन्दै संसदको रेकर्डबाट हटाउन माग गरेका छन् ।

JanakRajJoshiव्यवस्थापिका संसदको मंगलवारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद जोशीले नेपालको संविधानको धारा ५१ मा परराष्ट्र सम्बन्धबारे प्रष्ट उल्लेख रहेको भन्दै त्योभन्दा विपरित ‘बिस्तारवाद’ र ‘साम्राज्यवाद’ जस्ता शव्द प्रयोग हुनु असंवैधानिक हो भने ।

उनले भने, ‘आजको युगमा कि त रविन्सन क्रुसोको पालामा जस्तो टापुमा गएर बस्नुपर्छ । होइन भने विस्तारवाद र साम्राज्यवाद भन्ने शव्दहरु बोल्नु उपयुक्त हुदैन । ती शब्दहरु संसदको रेकर्डबाट हटाउन सभामुखबाट रुलिङ होस् ।’

उनले कुन दलका सांसदप्रति लक्षित गरिएको भन्ने खुलाएनन् । तर उनकै पार्टी माओवादी केन्द्रको दस्तावेजमा ‘भारतीय विस्तारवाद’ र ‘अमेरिकी साम्राज्यवाद’ भन्ने शब्द छन् ।

सांसद जोशी नेपाल सरकारका पूर्व सचिव हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?