+
+

‘मेरो पत्रकारिता’ का लेखक पुरुषोत्तम दाहालमाथि शान्ति समाजको स्पष्टीकरण

कृष्ण पहाडीको संस्थालाई कालोसूचीमा राखेको टिप्पणी

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज १८ गते १३:४९

Purusottam-Dahal

१८ असोज, काठमाडौं । ‘मेरो पत्रकारिता’ नामक पुस्तकका लेखक पत्रकार पुरुषोत्तम दाहालमाथि मानवअधिकारवादी संस्था शान्ति समाजले स्वष्टीकरण सोधेको छ ।

शान्ति समाजका सम्बन्धमा पत्रकार दाहालले कपोलकल्पित र भ्रामक कुरा लेखेको भन्दै शान्ति समाजले स्ष्टीकरणका लागि पत्राचार गरेको समाजका सभापति गंगाधर अधिकारीले बताए ।

दाहालको पुस्तकप्रति आपत्ति जनाउँदै अधिकारीले भनेका छन् – ‘मेरो पत्रकारिता नामक पुस्तकका केही अंशप्रति मानवअधिकार तथा शान्ति समाजको ध्यानाकर्षण भएको छ । उक्त पुस्तकका केही अंशमा दाहालले शान्ति समाजबारे कपोलकल्पित र भ्रामक कुराहरु लेखी मानवअधिकार, शान्ति, लोकतन्त्र र अहिंसाका लागि स्वयंसेवी तवरले निरन्तर क्रियाशील संस्था शान्ति समाजको इतिहास र स्वाभिमानमाथि निकृष्ट ढंगले प्रहार गरेको पाइएको छ ।’

यसबारे समाजको आजिवन सदस्य समेत रहेका शान्ति समाजका पूर्बसभापति दाहालसँग स्पस्टीकरण र आवश्यक कारवाहीका लागि पत्राचारको प्रक्रिया प्रारम्भ भइसकेको छ । अधिकारीले जनाएका छन् ।

पत्रकार दाहालको पुस्तक दुर्इ दिनअघि मात्रै राजधानीमा एक कार्यक्रमवीच विमेचन गरिएको हो । पुस्तक विमोचनमा प्रधानमन्त्री प्रचण्ड, गृहमन्त्री विमलेन्द्र निधी र भारतीय राजदूत रणजीत रे लगायतको उपस्थिति थियो ।

के लेखे दाहालले ?

पत्रकार दाहालले आफ्नो पुस्तकको अन्त्यतिर मानव अधिकार तथा शान्ति समाजका विषयमा लेखेका छन् । शान्ति समाजको संस्थापक सभापति कृष्ण पहाडी हुन् । त्यसपछि पत्रकार दाहालले शान्ति समाजको नेतृत्व गरेका थिए । पुस्तकमा दाहालले विदेशी संस्थाबाट शान्ति समाजले शुरुमा आर्थिक सहायता लिने गरेको तर, कालो सूचीमा राख्न लागेपछि समाजले सहायता लिन छाडेको उल्लेख गरेका छन् ।

तर, कालोसूचीमा पर्न लागेपछि विदेशी सहायता लिन छाडिएको भन्ने दाहालको भनाइलाई कृष्ण पहाडीले समेत झूठो भन्दै खण्डन गरेको समाजका पदाधिकारी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?