+
+

शाकाहारीको दशैं यसरी बनाउन सकिन्छ स्वादिलो

'यम्मी फुड वर्ल्ड' को दशैं उपहार !

 मृस्टिना महर्जन, जर्मनी मृस्टिना महर्जन, जर्मनी
२०७३ असोज २३ गते १५:३७

दशैं भन्नेबित्तिकै अधिकांश नेपालीको भान्सामा मासुका परिकार पाक्छन् भन्ने ठानिन्छ । कवाफ, सेकुवा, भुटन, सुकुटीजस्ता परिकारका अगाडि काउली, मुला, सागजस्ता तरकारीको कुनै गन्ती गरिँदैन ।

Mristina Maharjanत्यसैले शाकाहारीहरु यस्तोबेलामा खानपानको दृष्टिले आफू एक्लिएको महसुस गर्छन् । आफूले दशैंमा खाने त्यस्तो विशेष परिकार नै छैन भनेर उनीहरु मन खल्लो बनाउँछन् । र, दशैंमा शाकाहारीहरू कुन परिकार उपयुक्त होला भनेर अलमलिन्छन् पनि ।

तपाईं शाकाहारी हुनुहुन्छ भने यसरी अलमलिनुपर्दैन । दशैंमा माछामासु खानेहरुको भिडमा एक्लिएर बस्नुभन्दा तपाईं आफैंले केही परिकार बनाएर यो दशैंलाई स्वादिलो बनाउन सक्नुहुन्छ ।

शाकाहारीका लागि विशेष उत्सवका बेला पनिर निकै उपयोगी हुन सक्छ । चाडबाड बाहेकको समयमा पनि कसैकोमा पाहुना बनेर जाँदा अरुका लागि मासु पाके पनि शाकाहारीका लागि ससम्मान पनिरको परिकार बनाइएको पाइन्छ ।

तपाईंले पनि मटर पनिर, पालक पनिर जस्ता परिकार खान सक्नुहुन्छ । यस्तै, तोफुका आइटम पनि बनाउन सक्नुहुन्छ ।

मैले यसपालि मेरो युट्युब च्यानल ‘यम्मी फुड वर्ल्ड’मा दशैं स्पेशल ‘मटर मसरुम करी’ को रेसिपी राखेकी छु ।

यो भिडियो हेर्नुहोस् र तपाईंहरु पनि भान्सामा प्रयास गर्नुहोस्

दशैंको बेला चना, केराउ, बोडी, सिमी जस्ता गेडागुडीको तरकारी पनि धेरैको रोजाइमा पर्न सक्छ । नेवार समुदायमा यो बेला ‘बारा’ एकदम चल्ने परिकार हो ।

दशैंमा फलफूल र मिठाइहरु पनि खाने गरिन्छ । मिठाइहरु हामी घरमै पनि सजिलै बनाउन सक्छौं । मैले रसबरी, लालमोहन, नरिवलको बर्फी, इमारती (दालको जलेबी), कुल्फी जस्ता मिठाइहरुका रेसिपी पनि बनाएकी छु ।

म चाहिँ दशैंमा भेज-ननभेज सबै खालका खाना खान्छु । मलाई खासगरी आलुको अचार एकदम मन पर्छ । तिलको छोप राखेर अमिलो पिरो ट्वाक्क पारेर बनाइएको अचार स्वादिलो लाग्छ ।

चाडबाडमा दहीको खपत पनि उत्तिकै हुन्छ । दशैंमा चिल्लो, पिरो ज्यादा खाइने भएकोले पचाउनका लागि दहीको प्रयोग अनिवार्य जस्तै हुन्छ । दहीको लागि भक्तपुरको जुजुधौ निकै प्रसिद्ध छ ।

तर, परिवारसँग चाड मनाउन विभिन्न ठाउँ जानुपर्ने हुनाले काठमाडौं बाहिर जुजुधौ पाउन सम्भव हुँदैन । यस्तो अवस्थामा जुजुधौ घरमै पनि बनाएर खान मिल्छ । यसको रेसिपी पनि मैले पहिले बनाएको छु ।

शाकाहारी र मांसाहारी सबैले सन्तुलित खानपान गरेर दशैं मनाउनुहोला ।

ह्याप्पी दशैं !!

(खानाको रेसिपी सम्बन्धी युट्युब च्यानल ‘यम्मी फुड वर्ल्ड’ चलाउँदै आएकी काठमाडौं थानकोटकी महर्जन नर्सिङ अध्ययनका क्रममा हाल जर्मनीमा छिन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?