Comments Add Comment

के दशैंमा चम्कियो त शिल्पा र छविको किस्मत ?

kismat 2 herne darsak
संभवत, नायिका शिल्पा पोख्रेलका लागि अब निर्माता छविराज ओझाको बाहेक अन्य प्रोडक्शन हाउसमा काम गर्नु गलत निर्णय हुनसक्छ । छविका ३ चलचित्रमा काम गरेकी शिल्पाले बाहिरी ब्यानरका २ चलचित्रमा काम गरिन् । तर, ती निर्णय उनका लागि गलत सावित भैसकेका छन् ।

दशैंको लामो बिदामा रिलिज भएको चलचित्र ‘किस्मत २’को सुखद ओपनिङले पनि यही कुराको संकेत गरिरहेको छ । भोली टिकाको दिनमा बिहे गर्न लागेको भन्दै चर्चामा रहेका छवि र शिल्पा यतिबेला चलचित्रको व्यापार सुखद हुँदा खुशी देखिएका छन् । चलचित्रका निर्देशक ऋषि लामिछानेले पनि चलचित्रको सुखद ओपनिङले दंग परेको बताए । चलचित्रको व्यापार भने निर्माणपक्षले सार्वजनिक गरेको छैन ।

मल्टिप्लेक्समा कमजोर व्यापार गरेपनि यो चलचित्रले सिंगल स्त्रिmनमा भने शनिबार राम्रो व्यापार गर्‍यो । दशै मनाउन अधिकांश दर्शक काठमाण्डौ बाहिर गएकाले पनि यसको व्यापार मोफसलमा उच्च रहेको छ । २ चलचित्र लगातार असफल दिएकी नायिका पोख्रेलका लागि पनि ‘किस्मत २’को व्यापारले राहत दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment