Comments Add Comment

के साहरुखको ‘रइस’मा पाकिस्तानी नायिकाको रोल काँटिदैछ ?

srk and mahira khan
भारत र पाकिस्तानविचको तिक्तताले दुबै देशको चलचित्र नगरीलाई पनि ठूलो असर पारेको छ । विशेषगरि, पाकिस्तानी कलाकारको बलिउड करिअर नै संकटमा परेको छ । एमएनएस पार्टीले पाकिस्तानी कलाकार अभिनित चलचित्र रिलिज नै गर्न नदिने धम्की दिएपछि अहिले केही चलचित्र यसको प्रत्यक्ष असरमा परेका छन् ।

नायक साहरुख खान निर्मित तथा अभिनित चलचित्र ‘रइस’ पनि यो समस्याबाट गुज्रिएको छ । भारतीय मिडियाका अनुसार पाकिस्तानी नायिका माहिरा खान अब यो चलचित्रमा नहुने संभावना बढेको छ ।

निर्माता साहरुख र निर्देशक राहुल ढोलाकिया माहिराको ठाउँमा नयाँ नायिका राख्ने तयारीमा छन् । माहिराका कारण चलचित्र रिलिजमा नै संकट पैदा हुने भएपछि यो निर्णय गर्न लागिएको हो । चलचित्रको एक गीत, ओपनिङ दृश्य खिच्न नै बाँकी छ ।

नायक साहरुख खानको व्यस्तताका कारण चलचित्रको केही भाग खिचिएको छैन । यी दृश्यमा नायिका खानले अभिनय गर्ने संभावना कम छ । चलचित्रमा अब नयाँ नायिका को हुनेछिन् पक्का छैन । तर, माहिराको भूमिका काटेर नयाँ नायिका राख्दा चलचित्रको प्रोडक्शन भ्यालू बढ्ने पक्का छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment