Comments Add Comment

बिर्तामोडमा दुईवटा बस ठोक्किए, ५५ घाइते

act२६ असोज, झापा । पूर्व-पश्चिम राजमार्गअन्तरगत झापाको विर्तामोडमा बुधबार बिहान दुईवटा बस आपसुमा ठोक्किँदा ५५ जना घाइते भएका छन् ।

बिर्तामोड नगरपालिका-१, पश्चिम धर्मकाँटा नजिकै बुधबार विहान दुईवटा यात्रुवाहक बस एकआपसमा ठोक्किएका हुन् ।

काँकरभिट्टाबाट बिराटनगरतर्फ आउँदै गरेको ना ५ ख ६५६१ बस बिराटनगरबाट काँकरभिट्टातर्फ जाँदै गरेको ना ५ ख १८९८ नम्बरको यात्रुबाहक बससँग ठोक्किएको थियो । तीब्र गतिका कारण दुर्घटना भएको प्रहरीको भनाइ छ ।

दुबै बसका घाइतेमध्ये २९ जनाको बिर्तामोडस्थित बीएण्डसी हस्पिटलमा उपचार भइरहेको छ । १६ जनाको बिर्तासीटी र ९ जनाको मनमोहन हस्पिटलमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडमा डीएसपी खड्कबहादुर खत्रीले जानकारी दिए ।

बसमा दशैंको टीकाटालोका लागि आपन्तजन भेट्न हिँडेका यात्रुहरु थिए । दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment