Comments Add Comment

अमेरिकामा नेपालीको दशैं राैनक (तस्वीर सहित)

 

US dasain8वाशिंगटन डीसी । अमेरिकामा रहेका समस्त नेपालीले हर्षोल्लासका साथ बिजया दशमी मनाएक छन् । बर्ष दिनमा आउने नेपालीहरुको सबैभन्दा ठूलो चाडलाई परदेशमा रहेका आफन्त, मान्यजनहरुबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका तथा जमराका साथ मनाएका छन्  ।

बिहान ८ बजेर ४५ मिनेट को शुभ साइतदेखि टीका थाप्न सुरु गरेका नेपाली समुदायहरु जान सक्ने मान्यजनका घरमा गर्इ आशिर्बाद लिएका छन्  ।

usa dasaiअमेरिकाका सबै राज्यहरुमा बसोबास गर्ने नेपालीहरुले आफ्नो चाड पर्वलाई बिदेशमा नेपालजस्तै मनोरंजनपूर्वक मनाए  । यस बर्षको दशैं मंगलबार काम को दिन परेता पनि अधिकांश नेपालीले बिदा लिएर भएता पनि आफ्नो संस्कृति ,परम्परा तथा चाडपर्वलाई मनाउन कुनै कसर छाडेनन्  ।

 

यसको अतिरिक्त नेपालीहरुले नेपाल जस्तै गरी पनि परिवार अनुसार घरमा पुरोहित नराख्न सकेता पनि नौ दि सम्म आफ्ना पूजा कोठामा दूर्गा पूजा गरी किस्तीमा जमरा समेत राख्न भ्याए । विभिन्न राज्यहमा पायक पर्ने मन्दिरमा गएर जमरा  ल्याई टीका लगाइदिए  । जमरालाई समृद्धिको प्रतीक मानेर लगाउने गरिन्छ ।

विजयादशमी आफैँमा शुभ दिन भएकाले दिनभरि नै अभिभावक तथा मान्यजनका घर गर्इ टीका ग्रहण गरेका छन्  ।

US dasain (2)

असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजया दशमी बडा दशैंकै सबैभन्दा महत्वपूर्ण दिन हो । अमेरिकामा दशैको दिनमा सेलरोटी, मासुका विभिन्न परिकार, नेपाली शैलीका अचार तथा नेपालबाट ल्याइएका चिउरा आदि इत्यादि आफु, परिवार तथा अतिथिहरुलाई खुवाएका छन् ।

अधिकांश पुरुषले नेपाली पोशाक दौरा ,सुरुवाल, भाद गाउले तथा ढाका टोपीमा सजिएका देखिन्थे भने महिलाहरु पनि नेपाली शैलीका फरिया तथा पहेलो धातुका गहनामा पहेलपुर भएर सजिएका देखिन्थे ।

IMG_4964

अमेरिकामा जन्मिएका बालबालिकाहरु त्यतिकै खुशी देखिन्थे भने उनीहरुलाई टीका जमरा र सौगत स्वरुप पैसा दिदा दंग परेका देखिन्थे ।

कतिपय राज्यमा ताससम्म खेलेका तस्बीरहरु देखिन्थे । उनीहरूले जित र हारको भन्दा पनि पारिवारिक जमघटमा मनोरंजन गर्न खेलेको बताएका थिए ।

US dasain (1)अमेरिकामा पनि नेपाली समुदायले हजुरबा हजुरआमा, मातापिता ,पुरोहित, मान्यजन तथा ठूलाबडाको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उनीहरुबाट ऐश्वर्य वृद्धि, तथा दीर्घायुको आशीर्वादसमेत लिए ।

तस्वीर साैजन्य-सहदेव पौडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment