+
+

‘बौद्ध दर्शनसम्बन्धी शास्त्रार्थ’ सुरु

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज २६ गते १७:००

२६ असोज, काठमाडौँ। काठमाडौँको जोरपाटीस्थित शेल्कर गुम्बामा ‘बौद्ध दर्शनसम्बन्धी शास्त्रार्थ’ सुरु भएको छ ।

Buddha Jayanti At Lumbani (8)दुई सातासम्म जारी रहने सो शास्त्रार्थमा काठमाडौँ उपत्यकाका १० वटा गेलुक सम्प्रदायअन्तर्गत गुम्बाका ४०० लामा, विद्वान तथा अनुयायीको सहभागिता छ ।

शास्त्रार्थमा बौद्धदर्शनप्रतिको अन्धविश्वासलाई अन्त्य गर्न सहभागीमध्येबाट सोधिएका प्रश्न तथा जिज्ञासाको तार्किक बहस गरिने छ ।

बौद्ध दर्शनमा महत्वपूर्ण मानिएका माध्यामिक, प्रज्ञापारमिता, अभिधर्मकोष, प्रमाणवर्तीका र विनयजस्ता बौद्ध साहित्यका आधारमा प्रश्न तथा उत्तर गरिने छ । शास्त्रार्थमा प्रमाणका आधारमा न्याय तथा तर्क पनि प्रस्तुत गरिने छ ।

सो शास्त्रार्थले बौद्ध विज्ञानका शिक्षालाई व्यवहारिक अभ्यासका लागि सहयोगी हुने बौद्व विद्धान टीका शेर्पाले जानकारी दिए ।

गेलुक सम्प्रदाय सङ्घका अध्यक्ष गेसे काल्साङ लामाले नयाँ पुस्ताले बौद्ध दर्शनलाई परम्पराका आधारमा नभएर यथार्थपरक ज्ञानको मूल्याङ्कनका आधारमा अङ्गाल्न सहयोग पु¥याउने उद्देश्यले कार्यक्रम गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?