+
+

राष्ट्रिय प्रसारण लाइन विस्तार गरेपछि लघु जलविद्युत आयोजना धमाधम बन्द

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज २९ गते ७:१९

electric-line२९ असोज, काठमाडौं । विद्युत् प्रधिकरणले विद्युतीकरणका नाममा वातावरण मन्त्रालयअन्तर्गतको वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रसँग समन्वय नगरी राष्ट्रिय प्रसारण लाइन विस्तार गरेपछि ती क्षेत्रमा सञ्चालित लघु जलविद्युत आयोजना धमाधम बन्द हुन थालेका छन् ।

केन्द्रका लघु जलविद्युत् विज्ञ एवं कार्यक्रम संयोजक जगदीश कोजूका अनसार करिब तीन मेगावट बराबरका लघु जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइन (ग्रिड) पुगेपछि बन्द भएका वा सञ्चालनमा आउन छाडेका अाजको अन्नपूर्णमा समाचार छ ।

‘राष्ट्रिय प्रसारण लाइनको बिजुलीको गुणस्तर उच्च हुने भएकाले ग्रिड पुगेपछि स्थानीय बासिन्दा लघु जलविद्युतका लाइन लिन मान्दैनन्,’ कोजुले भने, ‘लघु जलविद्युतको बिजुली ग्रिडमा जोड्न सकिन्छ तर त्यसो पनि हुन सकिरहेको छैन ।

कोजुका अनुसार २६ हजार नौ सय तीन घरधुरीले बत्ती बाल्दै आएका लधु जलविद्युत आयोजनाहरु गि्रड पुगेपछि नराम्ररी प्रभावित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?