+
+

पाकिस्तानप्रति मोदी आक्रामक, आतंकवादको जननी भएको आरोप

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज ३० गते १५:२६

modi

३० असोज, काठमाडौं । ब्रिक्स सम्मेलनमा बिमस्टेक सदस्य राष्ट्रलाई बोलाएर पाकिस्तानलाई एक्ल्याएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उसमाथि निशाना साँधेका छन् ।

उनले पाकिस्तानको नाम नदिई भारतको एक छिमेकी देश ‘आतंकवादको जननी’ भएको बताएका छन् ।

भारतीय प्रधानमन्त्री मोदीले आइतबार गोवामा ब्रिक्स सम्मेलनलाई सम्बोधन गरेका हुन् । उनले आर्थिक सम्बृद्धिका लागि सबैभन्दा ठूलो र प्रष्ट खतरा आतंकवाद भएको बताए । र, भने, यो दुःखद छ कि यसको जननी भारतको एक छिमेकी देश हो ।’

ब्रिक्सले एक भएर आतंकवादविरुद्ध आवाज उठाउनु पर्नेमा उनले जोड दिएका छन् ।

मोदीले पाकिस्तानको नाम नलिई भने, हाम्रो आर्थिक सम्बृद्धि, सुरक्षा र विकासको सबैभन्दा ठू्लो खतरा आतंकवाद हो । दुःखद यो छ कि यसको जननी भारतको एक छिमेकी देश हो । विश्वभरको आतंकवादको मोडल यो देशसँग जोडिएको छ । यो देशले आतंकवादीलाई शरण मात्र दिँदैन, एक मानसिकतालाई बढवा पनि दिन्छ ।’

‘यो मानसिकताबाट यो घोषणा गरिन्छ कि राजनीतिक लक्ष्यका लागि आतंकवादको प्रयोगलाई सही ठहर्‍याउन सकिन्छ’ उनले अघि भनेका छन्, हामी यो मानसिकताको कडा निन्दा गर्छौं । र, ब्रिक्स देशले एकजुट भएर कारबाही गर्नुपर्छ ।’

सेप्टेम्बरमा भारत प्रशासित कश्मीरको उरीमा भारतीय सैन्य शिविरमा चरमपन्थी आक्रमण भएपछि भारतले पाकिस्तानलाई यसमा दोषी ठहर्‍याएको छ र अन्तराष्ट्रिय मञ्चहरुमा यसको चर्चा गरिरहेको छ ।

पाकिस्तानले भने छानविन गर्नु अघि नै भारतले आफूमाथि आरोप लगाउन सुरु गरेको बताएको छ । साथै उसले आरोप अस्वीकार गर्दै कश्मीरको तनावपूर्ण स्थितिबाट विश्वको ध्यान मोड्न यस्तो गरेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?