+

फ्रान्सेली राष्ट्रपतिद्वारा करिम बेञ्जिमाको आलोचना

२०७३ कात्तिक  १ गते १०:२३ २०७३ कात्तिक १ गते १०:२३
फ्रान्सेली राष्ट्रपतिद्वारा करिम बेञ्जिमाको आलोचना

Francois-Hollande

काठमाडौं । आफ्नै टिममेटलाई गरेको ब्ल्याकमेलको विवादका कारण फ्रान्सेली सुपरस्टार करिम बेञ्जिमाको अन्तर्राष्ट्रिय करिअर बाधक बनेको छ । यस्तोमा फ्रान्सेली राष्ट्रपति फ्रान्कोइस होलान्डले पनि उनको आलोचना गरेका छन् ।

बेञ्जिमाले रियल मडि्रडबाट आफ्नो करिअर जारी राखेका छन् तर फ्रान्स फुटबल संघले भने उनलाई राष्ट्रिय टोलीबाट बाहिर राख्दै आएको छ । टिममेट म्याथ्यु भाल्बुयेनामाथि गरेको ब्ल्याकमेलको आरोपका कारण उनी घरमै भएको युरोकपमा पनि फ्रान्सेली टोलीमा समावेश हुन पाएनन् ।

‘नैतिक रुपमा बेञ्जिमाले एउटा राम्रो उदाहरण स्थापित गर्न सकेनन् ।’ होलान्डले हालसालै रिलिग गरिएको पुस्तक ‘अ प्रेशिडेण्ट सुडन्ट से द्याट’ मा भनेका छन् ।
‘यस्ता घटनाहरु दोहोरिरहन्छन् भने हामीले कसरी आधुनिक फुटबलको नराम्रा पक्षहरुको सामना गर्न सक्छौं ?’ होलान्ड प्रतिप्रश्न गर्छन् ।

‘फ्रान्सेली टिमलाई मैदानमा दिने प्रशिक्षणभन्दा बढी मस्तिस्कको मांशपेसीका लागि पाठ सिकाउनुपर्छ ।’ उनले थपे ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय