+
+

लोकमानको घरमा म्याद टाँस्न जाँदा अवरोध

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक १ गते १९:३३

१ कात्तिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको घरमा म्याद टाँस्ने सर्बोच्च अदालतको प्रयास पुनः असफल भएको छ ।

Lokman-Sing-Karkiआफुलाई सामसुङको कर्मचारी बताउने केही पुरुषहरुको समूहले सर्बोच्चको तामेलदार नेतृत्वको टोलीलाई म्याद टाँस्न रोकेको हो ।

लोकमानसिंह कार्कीको नयाँ बानेश्वरस्थित घर आफुहरुले भाडामा लिएको भन्दै उनीहरुले म्यादपत्र टाँस्न नदिएको बताइएको छ । केहिबेरको बादविवादपछि सर्बोच्चको टोली म्याद नटाँसी फर्कीएको हो ।

म्याद टाँस्नुअघि सर्बोच्चको टोली वडा कार्यालयमा पनि पुगेको थियो । रहोबरका लागि आउने बताएकी वडा सचिव सरिता राईले पनि अन्तिम समयमा आउन नसक्ने बताएकी थिइन् ।

अख्तियार प्रमुखमा कार्कीको नियुक्तिसम्बन्धी मुद्धामा सुनुवाइका लागि अदालत आउन इन्कार गरेपछि सर्बोच्चले कार्कीको घरमा म्याद टाँस्ने प्रयास यसअघि पनि असफल भएको थियो । कार्की अख्तियारको सरकारी निवासमा बस्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?