Comments Add Comment

जग्गामा लगानी गर्ने भन्दै एक करोड ५८ लाख ठग्ने थुनामा

२ कात्तिक, बुटवल । जग्गा कारोबारमा लगानी गर्ने भन्दै ठगी गर्ने २ जना पुर्पक्षका लागि थुनामा परेका छन् ।

Butwal-Policeस्याङ्जाको निमुवाखर्क २ घर भई हाल रुपन्देहीको तिलोत्तमा वडा नम्बर ३ सिमानगर बस्ने ३८ वर्षीय को खुमबहादुर थापा र पर्वतको थापाठाना-९ घर भई हाल रुपन्देहीको बुटबल उपमहानगरपालिका- ११ तिनकुने बस्ने ३१ वर्षीया जमुना आचार्य कुँवरलाई ईलाका प्रहरी कार्यालय बुटवलले पक्राउ गरेर अनुसन्धान थालेको थियो । अनुसन्धानपछि ती दुई जना अदातलको आदेशपछि थुनामा परेका छन् ।

उनीहरुले बुटवल क्षेत्रमा बिभिन्न ब्यक्तिहरुलाई जग्गा कारोबारमा लगानी गर्ने भनि बिभिन्न प्रलोभन देखाई १ करोड ५८ लाख ४० हजार र ६५ तोला सुनका गरगहना ठगी गरेका थिए ।

यता प्रहरीले बुटवलको नयागाउँस्थित लालप्रकाश थापाको घरमा जुवा खेलीरहेका ६ जनालाई पक्राउ गरी जुवा ऐन अन्तरगत मुद्दा चलाएको छ । जुवाको खालबाट ५ लाख ८४ हजार ६ सय ९० रुपैयाँ जफत गरिएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मुकुन्द मरासिनीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment