Comments Add Comment

पोखरामा शनिबार फ्युजन रक भजन कन्सर्ट हुने

Fusion-Rock-Concert

२ कात्तिक, पोखरा । पोखरामा आगामी शनिबार फुयुजन रक भजन कन्सर्ट हुने भएको छ । पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडको सेन्टर प्वाइन्ट चोकमा यहि कात्तिक ६ गते शनिबार कन्सर्ट हुन लागेको हो ।

कन्सर्ट साँझ ५ बजेदेखी राती ८ बजेसम्म हुने पोखरामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक बालकृष्ण बस्यालले जानकारी दिए ।

‘संगीतदेखी अन्तरआत्मासम्म’ भन्ने थिममा हुने कन्सर्टमा काठमाडौंको सत्याकृत व्याण्डले प्रस्तुति दिनेछ । तीन घण्टासम्म चल्ने कन्सर्टमा सत्याकृत व्याण्डले रक पप भजनका २० भन्दा बढी गीत प्रस्तुत गर्ने व्याण्डका निर्देशक बिजय बस्यालले बताए ।

उनका अनुसार सो दिन व्याण्डले देशभक्ति, सनातन धर्म सम्बन्धी गीत प्रस्तुत गर्नेछ । त्यस्तै, बुद्ध, यशु, अल्लाह लगायतका धर्मको पनि भजन प्रस्तुत गर्ने बस्यालले बताए । भजनको माध्यमबाट अध्यात्मको भाव र देशभक्ति जगाउनु कार्यक्रमको मुख्य उद्धेश्य रहेको उनको भनाई छ ।

सत्याकृत व्याण्ड राजधानीमा संघर्षरत व्याण्ड हो । जसले नेपाली भजनलाई पूर्वीय र पाश्चात्य संगीतको फ्युजन गरेर गाउने गर्छ । पाश्चात्य र पूर्वीय संगीतको फ्युजन गरेर भजन सुन्नै छाडेका युवालाई आकषिर्त गर्ने उद्देश्य रहेको यो व्याण्डले यसअघि पाल्पा, धरान, इटहरी, बिराटनगर, इलाम, काठमाडौं लगायतका ठाउँमा कन्सर्ट गरिसकेको छ ।

सत्याकृत व्याण्डमा प्रदीप बस्याल, प्रजित लामा, विदुर न्यौपाने, बिजय गौतम र लक्ष्मण बयलकोटी गरी ५ जना भोकलिष्ट छन् । भोकलिष्ट बयलकोटी बेस गिटारिष्ट पनि हुन् भने ड्रम सेटमा शिशिर, लिड गिटारिष्टमा कमल भण्डारी, तबलामा किरण गौतम र रिदममा राज श्रेष्ठ रहेको व्याण्डका निर्देशक बिजय लम्सालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment