+
+

दोस्रो ‘फोटो काठमाडौं’ अन्तर्राष्ट्रिय महोत्सव पाटनमा

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक ३ गते १३:१८

photo-kathmandu
३ कात्तिक, काठमाडौं । दोस्रो अन्तर्राष्ट्रिय फोटो महोत्सव ‘फोटो काठमाडौं’ पाटनमा हुने भएको छ । फोटोसर्कल नामको संस्थाले यही कात्तिक ५ गते देखि १८ गतेसम्म दोस्रो अन्तर्राष्ट्रिय ‘फोटो काठमाडौं’ महोस्सव ललितपुरको पाटनमा गर्न लागेको हो ।

महोत्सवले पाटन, यसको इतिहास तथा पाटनवासीका आकांक्षा र सपनाहरूबीच सम्बन्ध निर्माण गर्ने लक्ष्य राखेको छ । नेपाललाई एक जीवन्त साँस्कृतिक गन्तव्यको रूपमा प्रवर्द्धन गर्दै नेपालीकोे आम्दानीको श्रोतमध्ये एक पर्यटन उद्योगलाई विनाश्कारी भूकम्पले पुर्‍याएको असर तथा क्षतीलाई पुर्नजागृतमा सहयोग पुर्‍याउने उद्देश्यका साथ महात्सव गर्न लागेको आयोजकको भनाइ छ ।

साथै महोत्सवकै समयमा नेपाली फोटोग्राफी क्षेत्रका दुई जना विशिष्ठ व्यक्तिलाई पनि जनही ५० हजार रुपैयाँ नगद सहित समान गर्ने आयोजकले जानकारी दिएको छ ।

आयोजकले यस बर्षको फोटो काठमाडौं -२०१६ मा श्रीधरलाल मानन्धर किरण श्रेष्ठलाई समान सहित नगद पुरस्कार दिनेछ ।

फोटो काठमाडौं-२०१६ मा १२ वटा फोटो प्रदर्शनी, ७ वटा स्लाइड शो, १४ वटा कलाकार वार्ता तथा संवाद, ६ वटा कार्यशाला एवं एउटा आवासीय मिक्स्ड-मिडिया कार्यक्रम सञ्चालन हुने छ ।

२२ मुलुकका ५२ जना फोटोग्राफर, क्युरेटर, सम्पादक तथा कला साधकहरु सहभागीहुने यस महोत्सवमा २ लाख स्थानीयहरुले अवलोकन गर्ने आयोजकले अपेक्षा राखेको छ ।

शिक्षा फाउन्डेशन नेपाल, नेपालका लागि स्वीट्जरल्यान्ड दूतावास, न्याशनल जियोग्राफिक सोसाइटी लगायत संस्था र स्थानीयसहयोगबाट नै फोटो काठमाडौँ २०१६ सम्भव भएको आयोजकको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?