+
+

लोकमानविरुद्धको महाअभियोग प्रस्तावमाथि संसदमा आजै छलफल हुने

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक ४ गते १०:०८

Lokman karki-in-susasan samiti

४ कात्तिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव आजकै संसद बैठकमा पेश हुने भएको छ ।

सत्तारुढ माओवादी र प्रमुख प्रतिपक्षी एमालेका १५७ सांसदले हस्ताक्षर गरेर बुधबार महाअभियोग प्रस्ताव दर्ता गरेका थिए । र, संसद सचिवालयले यसको सूचना सबैतिर पठाएको छ । यससँगै कार्की निलम्बित भइसकेका छन् ।

आज बिहीबारको संसद बैठकमा महाअभियोग प्रस्ताव पेश गर्ने तयारी छ । स्रोतका अनुसार बिहीबार संसदको दुई वटा बैठक बस्नेछ ।

पहिलो बैठकमा सभामुख घर्तीले महाअभियोग प्रस्तावमाथि छलफलका लागि समय निर्धारण गर्नेछिन् भने दोस्रो बैठकमा छलफल हुनेछ । सभामुखको सचिवालयका एक अधिकारीले भने, प्रस्तावमाथि दोस्रो बैठकमा छलफल सुरुवात हुन्छ । आजै सकियो भने महाअभियोग सिफारिस समितिमा पठाइन्छ ।’

संसदले बुधबार मात्र महाअभियोग सिफारिस समिति गठन गरेको छ । अब संसदले महाअभियोग प्रस्तावमाथि सामान्य छलफल गरेपछि यो समितिमा पठाउँछ ।

समितिले महाअभियोग लागेका व्यक्तवसँग बयान लिने, प्रमाण संकलन गर्ने र सफाइको मौका दिने जस्ता न्यायीक प्रक्रिया पुरा गरी प्रतिवेदन दिनेछ । र, समितिले महाअभियोग लगाउन उपयुक्त छ भन्ने राय सुझाव दियो भने संसदमा निणर्याथ पेश हुन्छ र दुर्इ तिहाइले पास भएमा कार्की स्वतः पदमुक्त हुनेछन् ।

यो प्रक्रिया सभामुख जेनेभाबाट फर्किएर आएपछि सुरु हुने सम्भावना छ । सभामुख घर्ती शुक्रबार स्वीट्जरल्याण्ड जाादैछिन् र १२ गते स्वदेश फर्किने कार्यक्रम छ । १३ देखि १६ तिहार परेको छ ।

स्रोतका अनुसार सिफारिस समितिले महाअभियोग लगाउन उपयुक्त छ भन्ने राय सुझाव दियो भने लोकमानविरुद्धको महाअभियोग तिहारपछि संसदमा निणर्ायथ पेश हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?