Comments Add Comment

भादगाउँ अन्तर्राष्ट्रिय बालनाटक महोत्सव हुने

काठमाडौं । भक्तपुरमा कात्तिक ७ गतेदेखि भादगाउँ अन्तर्राष्ट्रिय बालनाटक महोत्सव हुने भएको छ ।

child-theatreसानोठिमीस्थित मातृभूमि स्कूलमा ६ दिनसम्म चल्ने महोत्सवमा बंगलादेश, श्रीलंका, पाकिस्तान र इरानका पाँच वटा नाटक मञ्चन हुनेछन् भने नेपालबाट काठमाडौंका दश वटा स्कूल र उदयपुरको एउटा स्कूलको नाटक देखाइनेछ ।

आयोजक मातृभूमि स्कूलले कलामार्फत अन्तरदेशीय सम्बन्ध बढाउन निकै सशक्त भूमिका खेल्ने जनाएको छ । महोत्सवबाट नाटक मार्फत फरक भूगोलको अलग-अलग सभ्यताको पहिचान गराउने उद्देश्य पनि राखिएको छ ।

नाटक महोत्सवमा आउने विदेशी पाहुनाहरूलाई काठमाडौं, भक्तपुर र ललितपुरका विश्व सम्पदा स्थलहरुका साथै चन्द्रागिरी हिल्ससम्मको भ्रमण गराउने पनि जनाइएको छ ।

आयोजकले यसपालि पहिलो पटक महोत्सव गर्न लागेको र हरेक वर्ष अझै आकर्षक र व्यवस्थित बनाउँदै लैजाने उद्देश्य रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment