+
+

‘एमालेले अहंकार देखाएकै हो, तर कांग्रेस लोकमानको रक्षाकवच बन्न सक्दैन’

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक ५ गते १०:०८

५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका युवा नेताहरुले प्रमुख विपक्षी एमालेले अहंकार देखायो भन्दैमा पार्टी अख्तियार प्रमुख लोकमान सिंह कार्कीको पक्षमा उभिन नसक्ने बताएका छन् ।

pradip poudel (1)प्रमुख विपक्षी दल एमालेले सत्तारुढ माओवादीका सांसदहरुलाई साथमा लिएर लोककमानविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता गराएका छन् । आफूले पार्टीमा छलफल गर्छु भन्दा भन्दै थाहै नदिई प्रस्ताव दर्ता गराएको कांग्रेस सभापति शेरबहादुर देउवाले बताएका छन् ।

कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेस लोकमानको रक्षाकबच बन्न नसक्ने बताएका छन् । लोकमान प्रकरणले चुनावदेखि संविधान कार्यान्वयनसम्म प्रभावित हुन सक्ने खतरा रहेको भन्दै उनले दलहरुको एकता कायम राख्न पनि महाअभियोगको पक्षमा उभिनु पर्ने बताए ।

अनलाइनखबरसँग कुरा गर्दै उनले भने,  कांग्रेसलाई सहमतिमा नलिई प्रस्ताव दर्ता गर्नु एमाले र केपी ओलीको अहंकार नै हो । तर, यसो भन्दैमा कांग्रेस लोकमानको रक्षाकवज बन्द सक्दैन ।’ उनले अघि भने, होइन भने ठूलो मान्छेले सानो गल्ती गरेकाले क्षमादिनुपर्छ भन्न सक्नुपर्छ ।’

अर्का केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले आफूहरु कांग्रेसलाई लोकमानविरुद्ध उभ्याउन प्रयत्नरत रहेको बताए । कांग्रेस लोकतान्त्रिक दल भएको भन्दै उनले अघि भने, कांग्रेस लोकभावना विपरित लोकमानको पक्षमा उभिन सक्दैन । लोकमानलाई अख्तियार प्रमुख बनाउने क्रममा तीन वटै दलले गल्ती गरेका थिए, अहिले तीनै दल मिलेर गल्ती सच्याउनुपर्छ ।’

बिहीबारबाट सुरु भएको कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा लोकमानबारे नै बहस भइरहेको छ । आजको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । पहिलो दिनको बैठकमा सभापति शेरबहादुर देउवाले पनि लोकमानको पक्षमा उभिन गाह्रो रहेको बताएका थिए ।

बैठकमा गगन थापा, विश्व प्रकाश शर्मा लगायतले कांग्रेस महाअभियोगको पक्षमा उभिनु पर्ने धारणा राखेका थिए ।

यी पनि पढ्नुस्

गृहमन्त्री विमलेन्द्र भन्छन्- लोकमान प्रकरण सरकार ढाल्ने एमालेको खेल हो

प्रचण्डलाई रातभरि निद्रा लागेनः जनार्दन कारवाहीमा पर्ने, लोकमान जोगिने संकेत

लोकमानलाई महाअभियोग लगाउने उर्जामन्त्री भन्छन्ः कारवाही स्वीकार्य छ

लोकमानलाई राजीनामा दिन योगेश भट्टराईको सुझाव

माओवादी सांसद रुपा र निशाले सदर गरे लोकमानविरुद्धको हस्ताक्षर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?