Comments Add Comment

महाअभियोगको पक्षमा १३ विद्यार्थी संगठन, दलहरुलाई दबाव दिन शान्तिबाटीकामा प्रदर्शन

महाअभियोग प्रस्तावमा नेविसंघको पनि समर्थनः महामन्त्री काफ्ले

Students-Meeting
फाइल तस्वीर

५ कात्तिक, काठमाडौं । अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्धको महाअभियोग प्रस्ताव संसदबाट पारित गराउन विद्यार्थी संगठनहरुले दबावमूलक कार्यक्रम गर्ने भएका छन् । कांग्रेस निकट नेबिसंघसहित १३ विद्यार्थी संगठनहरुको शुक्रबार बसेको संयुक्त बैठकले दबावमुलक कार्यक्रम गर्ने निर्णय गरेको हो ।

बैठकपछि अनलाइनखबरसँग कुरा गर्दै अखिल क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले भने ‘दलहरुले खुट्टा नकमाउन् भनेर खबरदारी गर्न लागेका हौं ।’

बस्नेतका अनुसार शुक्रबार चार बजे शान्तिबाटीकामा खबरदारी सभा आयोजना हुँदैछ ।

यसैगरी शनिबार सबै दललाई महाअभियोग प्रस्ताव पारित गर्न आग्रहसहितको ज्ञापनपत्र संयुक्त रुपमा बुझाउने र आइतबार माइतीघर मण्डलामा भेला भएर संसद भवन अगाडि पुगेर प्रदर्शन गर्ने निर्णय पनि भएको अनेरास्ववियूका नेता आरसी लामिछानेले जानकारी दिए ।

नेपाली कांग्रेसले महाअभियोगबारे औपचारिक निर्णय नगरे पनि विद्यार्थी संगठनहरुको बैठकमा नेविसंघ महामन्त्री कुन्दन काफ्ले सहभागी थिए । अनलाइनखबरसँग कुरा गर्दै काफ्लेले माउ पार्टीले निर्णय गरे पनि, नगरे पनि लोकमान सिंह कार्कीविरुद्ध दर्ता भएको महाअभियोगको पक्षमा नेविसंघ रहेको बताए ।

महाअभियोगको पक्षमा हुने हरेक गतिविधिमा नेविसंघको सक्रिय सहभागीता रहने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment