Comments Add Comment

शाहरुखलाई ‘अंकल’ भन्दा सारलाई फसाद !

उमेरको हिसाब-किताब लगाउने हो भने त सारा अली खानका पिता उमेरका हुन्, अभिनेता शाहरुख खान । साराका पिता सैफ अली खान र शाहरुख समवयी अभिनेता पनि हुन् । यस हिसाबले साराले शाहरुख खानलाई ‘अंकल’ भन्न किन नसुहाउँने ?

भनिहालौं, सारा अली खान भर्खरै मात्र बलिउडमा प्रवेश गरेकी छिन् । उनी पछिल्लो समय बलिउड प्रवेश गर्ने त्यस्ता स्टार किड्स हुन्, जसको इन्ट्री नै धमकेदार रह्यो । उनले सुशान्त सिंह राजपूतसँग ‘केदारनाथ’ र रणवीर सिंहसँग ‘सिम्बा’मा अभिनय गरिन् । एकपछि अर्को हिट फिल्म दिएर लाइमलाइटमा आएकी सारा त्यसैपनि ग्ल्यामर छवीको कारण चर्चामा आउँछिन् । उनको चुलबुले र बिन्दास छवी पनि घतलाग्दो छ ।

केही समयअघि उनी फिल्मफेयर अवार्ड समारोहमा देखिइन्, उस्तै चमकदमकका साथ । रेड कार्पेटमा आफ्नो फेसन र स्टाइल देखाउन भ्याएकी साराले अवार्ड समारोहका क्रममा बोलेका एउटा वाक्यंश भने उनकै लागि बोझिलो बन्यो ।

खासगरी सारा अली खानलाई सोधिएको कि, ‘तपाईं फिल्मफेयर अवार्डमा कुन होस्टिङको जोडी रुचाउँनुहुन्छ ?’

साराले निर्धक्क जवाफ दिइन्, ‘मेरो पिता सैफ र अंकल शाहरुख ।’

उनीहरु दुबै धेरै हाँसीमजाक गर्ने खालको भएको साराको भनाई थियो । तर, साराले जसै शाहरुखलाई ‘अंकल’ भनिदिए, शाहरुखका फ्यान भड्किए ।

उनीहरुले सारालाई ट्रोल गर्न सुरु गरे । एक युजरले लेखे, ‘अंकल बोलाउनु अपमानजनक होइन, तर सर शब्द बढी उपयोगी हुन्छ ।’

त्यसैगरी अर्का युजरको प्रतिक्रिया यस्तो थियो, ‘म सारालाई अनफलो गर्दैछु ।’

यसरी धेरैजसोले साराको त्रुटी औंल्याए र उनी कमजोर रहेको बताए । यद्यपी कतिपय प्रशंसकले भने साराले गल्ती नगरेको तर्क गरे । उनीहरुका अनुसार किंग खान साराको परिवार जस्तै हो । यसकारण उनले ‘अंकल’ भन्न सक्छिन् ।

फिल्मको कुरा गर्ने हो भने, सारा यतिबेला फिल्म ‘लभ आजकल-२’को सिक्वेलमा देखिनेछिन् । त्यसैगरी शाहरुख खान ‘डन-३’मा देखिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment