Comments Add Comment

युवतीहरु किन युवतीसँग नै आकरषित हुन्छन् ?

तपाईंले ख्याल गर्नुभएको छ ? कुनै आकर्षक एवं चिरिच्याट्ट युवतीमाथि धेरैको हठात् ध्यान जान्छ । कतिले त त्यस्ता युवतीलाई यसरी हेर्छन्, मानौ उनी फुत्त अर्को ग्रहबाट आएका हुन् । पुरुषको हकमा के भनिन्छ भने, आफ्नी गर्लफ्रेन्ड वा श्रीमतीसँग हिँडिरहेको बेला पनि उनीहरु अरु युवतीलाई घुरेर हेरिरहेका हुन्छन् ।

आफ्ना श्रीमती वा गर्लफ्रेन्ड जतिसुकै राम्री भएपनि पुरुषहरुले अर्को राम्री युवती देख्नसाथ त्यसतर्फ ध्यान मोड्छन् । अर्थात अर्की युवतीलाई घुरेर हेर्न थाल्छन् । यसबारे केही अध्ययन पनि भएका छन् । आखिर पुरुषहरु किन अर्की युवतीलाई घुरेर हेर्छन् ?

खासमा यो पुरुषहरुको जन्मजात प्रवृत्ति हो । उनीहरुले आफ्ना गर्लफ्रेन्ड वा श्रीमती राम्री नभएर वा चित्त नबुझेर मात्र हेरेका होइनन्, यसमा उनीहरुको फरक मनोविज्ञानले काम गरेको हुन्छ ।

यसको स्पष्ट अर्थ के भने, पुरुषहरु अक्सर राम्री युवती देख्नसाथ त्यसतर्फ आकषिर्त हुन्छन् । तर, युवतीहरु नि ?

युवतीहरु कुनै राम्रो पुरुष देख्नसाथ त्यसैगरी घुरेर हेर्छन् ? यसको जवाफ फरक छ । खासमा युवतीहरु राम्रो वा आकर्षक पुरुष होइन, बरु युवतीलाई नै हेर्छन् ।

तपाईंले हेक्का राख्नुभएकै होला, युवतीहरु अरु आकर्षक युवतीलाई नै हेरिरहेका हुन्छन् । आखिर युवतीले युवतीलाई नै किन हेर्छन् ? यो कुन किसिमको आकर्षण हो ?

किन युवतीहरु युवतीप्रति नै आकषिर्त हुन्छन् ?

कुनै युवती आकर्षक देखिएमा अर्की युवतीको ध्यान उनीतर्फ मोडिन्छन् । यस्तो किनपनि हुन्छ भने युवतीहरु सौन्दर्यमा लोभी हुन्छन् । उनीहरुलाई हरेक सुन्दर कुराले स्वत् ध्यान तान्छ । अरु युवती राम्री देख्नसाथ उनको सौन्दर्यप्रति मोहित हुनपुग्छन् ।

उनीहरु सुन्दरताको भोका हुन्छन् । हरसंभव आफुलाई कसरी राम्री देखाउन सकिन्छ भनेरै लागिरहेका हुन्छन् । खानपान, घर-व्यवहार, करियर भन्दा बढी सौन्दर्य, फेसन, शृंगारले उनीहरुको ध्यान खिच्छ । यसर्थ अरु कुनै राम्री युवती देख्नसाथ उनको सौन्दर्यले युवतीहरुको ध्यान भंग गर्छ ।

साथसाथै उनीहरु तुलनात्मक रुपले अरु बढी ईष्र्यालु पनि हुन्छन् । कोही युवती राम्री देखिनसाथ उनीहरुले आफुसँग उनलाई तुलना गरेर हेर्न थाल्छन् । जस्तो कि, उनी आफुभन्दा के कारणले राम्री देखिएका छन् ?

युवतीहरु पहिरन, शृंगार, स्टाइलमा अरुलाई उछिन्न चाहन्छन् । यद्यपी अरु कोही आफुभन्दा राम्री देखिएमा उनलाई नियाल्न थाल्छन् ।

युवतीहरु अरु युवतीको पहिरन शैली, शृंगार, गरगहना पनि हेर्न रुचाउँछन् । अरुले कस्तो लगाएको छ भन्ने उत्सुकताले मात्र होइन, अरुले लगाएको पहिरन आफुले लगाउँदा कस्तो देखिदो हो भन्ने मनोविज्ञानले पनि उनीहरु अरु युवतीलाई हेरिरहेका हुन्छन् ।

समलिंगी व्यवहार

कतिपय युवतीहरु चाहि अर्की युवतीको आवरणले मात्र आकषिर्त हुँदैनन्, भावनात्मक रुपले नै निकट हुन खोज्छन् ।

उनीहरु पुरुषसँग भन्दा बढी युवतीसँग नै सम्बन्ध राख्न चाहन्छन् । नजिकिन चाहन्छन् । कुराकानी गर्न चाहन्छन् । र, अन्तरंग पल साट्न चाहन्छन् ।

समलिंगी व्यवहार रुचाउने युवतीहरु अर्की राम्री युवतीसँग सधै नजिक हुने प्रयत्नमा रहन्छिन् । उनीहरु एकअर्कासँग गफिन, सपिङ जान, घुमफिर गर्न रुचाउँछन् । साथसाथै रोमान्टिक क्षण गुजार्न पनि चाहन्छन् ।

बोइजी स्टेट युनिभर्सिटीले गरेको एक अध्ययनबाट के थाहा भएको छ भने, ६० प्रतिशत युवती अर्की युवतीसँग नै आकषिर्त हुन्छन् । उक्त अध्ययनमा सहभागी ४५ प्रतिशत युवतीले अरु युवतीलाई नै चुम्बन गरेको स्विकारेका थिए । साथै सर्वेमा सामेल ५० प्रतिशत युवतीहरु अर्का युवतीसँग अन्तरंग पल साट्न इच्छुक रहेको पाइयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment