+
+
Shares

राष्ट्रपति र प्रधानमन्त्रीको फोटो बिगारेर फेसबुकमा पोष्ट गर्ने २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १८ गते १७:११

१८ चैत, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको तस्वीर बिगारेर सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्ने दुईजना पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) को टोलीले पाल्ला गाउँपालिका-७ का २२ वर्षीय निर्मल गैरे र रुपन्देहीको साविकको शंकरनगर गाविसका २३ वर्षीय यमप्रसाद पन्थीलाई पक्राउ गरेको हो । निर्मल भक्तपुरको नयाँ ठिमीबाट  र यमप्रसाद चितवनबाट पक्राउ परेका हुन् ।

पक्राउ परेका दुबैजनालाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको सीआईबीले जानकारी दिएको छ । यो ऐनको दफा ४७ अनुसार ५ वर्षसम्म कैद र एक लाखसम्म जरिवाना सजाय हुने व्यवस्था रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?