+
+
Shares

हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ३ गते १९:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हिमालय टेलिभिजनले फिफा विश्वकप–२०२६ को फाइनल खेल नि:शुल्क प्रसारण गर्ने निर्णय गरेको छ ।
  • कार्यकारी निर्देशक श्याम कँडेलले भन्नुभयो, ‘आजबाट सबै पेवाल हटाएर नि:शुल्क हेर्न पाउने निर्णय गरेका छौं ।’
  • अर्जेन्टिना र स्पेनबीचको फाइनल खेल आज राति १२:४५ बजे हिमालय टिभी, हिमालय स्पोर्टस् र डिगो एपबाट हेर्न सकिनेछ ।

३ साउन, काठमाडौं । हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने भएको छ ।

हिमालय टिभी, हिमालय स्पोर्टस् र डिगो मोबाइल एपबाट समेत विश्वकपको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने भएको हो ।

फाइनल खेल हेर्नबाट कोही पनि वञ्चित हुन नपरोस् भनी हिमालय टिभी व्यवस्थापनले यो निर्णय गरेको कार्यकारी निर्देशक श्याम कँडेलले जानकारी दिए ।

यसअघि हिमालय स्पोर्टस् र डिगो एप सब्स्क्राइब नगरेकाहरूले पनि फाइनल खेल भने नि:शुल्क हेर्न पाउने गरी व्यवस्था गरिएको हो ।

‘आजबाट सबै पेवाल हटाएर नि:शुल्क हेर्न पाउने निर्णय गरेका छौं’, कँडेलले भने ।

नेपाली समय अनुसार, आज राति १२:४५ बजे फिफा विश्वकप–२०२६ को फाइनल खेल हुँदैछ ।

फाइनल खेलमा अर्जेन्टिना र स्पेन बीच प्रतिस्पर्धा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?