Comments Add Comment

सीजीले ल्यायो दुई मोडलका नयाँ स्मार्टफोन

५ कात्तिक, काठमाडौं । सीजी मोबाइल कम्पनीले नेपाली बजारमा नयाँ दुई स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले इओन ब्लेज सिक्स र इओन ब्लेज प्रो अन्र्तगतका दुई मोडल बजारमा ल्याएको हो ।

कम्पनीले बजारमा ल्याएको इओन ब्लेजमा ६ इन्चको एचडी डिस्प्ले छ । फोनमा १३ मेगा पिक्सलको रियर र सेल्फीका लागि ५ मेगा पिक्सलको क्यामेरा जडान छ ।

एन्ड्रोइड भर्सनको स्मार्टफोनमा २८ सय एमएएच पावरको ब्याट्री छ । १ जीबी र्‍याम छ भने १६ जीबी इन्टरनल स्टोरेज क्षमता छ । यसको कम्पनी मूल्य ११ हजार १ सय ११ रुपैयाँ तोकिएको छ ।

यसैगरी इओन ब्लेज प्रोमा भने ५.५ इन्चको डिस्प्ले छ । यो स्मार्टफोनमा १३ मेगा पिक्सलको रियर र ५ मेगा पिक्सलको फ्रन्ट क्यामेरा छ ।

२४ सय एमएएच पावर ब्याट्री रहेको मोबाइल सेटमा १ जीबीको र्‍यामको साथमा १६ जीबीको इन्टरनल स्टोरेज क्षमता छ । यो स्मार्टफोन नेपाली बजारमा ९ हजार ६ सय ९९ रुपैयाँमा किन्न पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment