Comments Add Comment

कानुनी अड्चनले निगमको सेवा प्रभावकारी भएनः पर्यटनमन्त्री शाही

Jiban-Shahi-

७ कात्तिक, काठमाडौं । संस्कृति पर्यटन तथा नगरिक उड्डयनमन्त्री जिबन बहादुर शाहीले ऐन नियम र कानुनी अड्चनका कारण नेपाल वायुसेवा निगमको सेवा प्रभावकारी नभएको बताएका छन् ।

आइतबार अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बैठकमा मन्त्री शाहीले पुराना ऐन नियमका कारण आन्तरिक र बाह्य उडानमा रहेका विमानका पाटपूर्जा समेत समयमै ल्याउन नसक्दा विमानसेवा प्रभावकारी हुन नसकेको बताए ।

उनले सरकारले नेपाल वायु सेवा निगमका ट्वीनअटर विमान सञ्चालमा ल्याए पनि ठूला जहाजको मर्मत र पाटपूर्जा समयमै ल्याउन कानुनी झण्झट भएको उल्लेख गरे ।

मन्त्री शाहीले चरम राजनीतिकरण र कर्मचारीको असहयोगका कारण काम गर्न नसकिएको आरोप समेत लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment