+
+

नेम्वाङले भने- सर्वोच्चको मुद्दा र संसदको महाअभियोगबीच कुनै साइनो छैन

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक ८ गते ४:४०

Subas-Nemwang

७ कात्तिक, काठमाडौं । पूर्वसभामुख तथा नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले लोकमान सिंह कार्कीको सन्दर्भमा अदालतमा चलिरहेको मुद्दा र संसदमा पेश भएको महाअभियोगको कुनै साइनो नरहेको प्रष्ट पारेका छन् ।

संसदीय दलको कार्यालय सिंहदरवारमा आइतबार पत्रकारहरुसँग कुरा गर्दै नेम्वाङले केही व्यक्तिले अदालतमा बिचाराधीन मुद्दासँग महाअभियोग प्रस्तावलाई जोड्नु अज्ञानता वा गलत नियतले काम गरेको हुनसक्ने बताए ।

नेम्वाङले भने, ‘सर्वोच्च अदालतमा लोकमानको नियुक्ति प्रक्रियासंगत थियो कि थिएन भनेर उनको योग्यताको बारेमा मुद्दा चलेको हो । तर संसदमा उनको योग्यताको होइन आचरण ठीक भएन भनेर महाअभियोग प्रस्ताव पेश भएको हो ।’

गृहमन्त्री बिमलेन्द्र निधिलगायत केही कांग्रेस नेताहरुले लोकमान प्रकरण अदालतमा रहेकाले संसदमा महाअभियोग प्रस्तुत गर्नु नै गलत रहेको बताउँदै आएका छन् ।

संसदले महाअभियोग पारित गरेर लोकमानलाई अख्तियार प्रमुखबाट पदमुक्त गरे पनि अदालतले उनको नियुक्ति प्रक्रियाको मुद्दा सुनुवाई गर्ने नेम्वाङले बताए । ‘संसदले महाअभियोग पारित गरे पनि अदालतले आफ्नो फैसला गर्छ किनकी यी फरक मुद्दा हुन्,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?