+

नेपाल र जापानबीच मैत्रीपूर्ण च्यारिटी फुटबल हुने

२०७३ कात्तिक  ११ गते १५:५९ २०७३ कात्तिक ११ गते १५:५९
नेपाल र जापानबीच मैत्रीपूर्ण च्यारिटी फुटबल हुने

nepal_japan_charity_match

११ कात्तिक, काठमाडौं । भूकम्पबाट क्षतिग्रस्त बिद्यालयको पुनर्निर्माणको लागि नेपाली राष्ट्रिय टोली र जापानको व्यवसायिक फुटबल खेलाडीहरु सम्मिलित टोलीबीच मैत्रीपूर्ण च्यारिटी फुटबल हुने भएको छ ।

खेलकुद सम्बन्धि कार्यक्रम सञ्चालन गरिरहेको जापानी सामाजिक संस्था कलरबाथ र अखिल नेपाल फुटबल संघ एन्फाको संयुक्त आयोजनामा आगामी मंसिर ४ गते सातदोवाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा च्यारिटी फुटबल हुनेछ ।

खेलका लागि सन् २००२ को विश्वकप फुटबलमा जापानी टोलीबाट प्रतिनिधित्व गरेका टोडा काजुयुकीको नेतृत्वमा १६ सदस्यीय टोली नेपाल आउनेछ । जापानी टोलीले नेपालको राष्ट्रिय टोलीसँग एक मैत्रिपूर्ण फुटबल खेल्नेछ ।

सन् २०२० को ओलम्पिकलाई लक्षित गरी जापान सरकारले सञ्चालन गरेको ‘स्पोर्टस् फर टुमरो’ले पनि यस च्यारिटी खेललाई सम्बन्धन दिएको छ । पत्रकार सम्मेलनमा कलरबाथका नेपाल अध्यक्ष गणेशमान लामाले च्यारिटी खेलको मुख्य उद्देश्य नेपाललाई जापानमा चिनाउनु भएको बताए ।

कलरबाथले दुई बर्षअघि नै नेपाली टोली र जापानी टोलीबीच मैत्रीपूर्ण खेलको आयोजना गर्ने लक्ष्य लिएपनि गत बैशाख १२ को बिनाशकारी भूकम्पका कारण योजना सफल हुन सकेको थिएन ।

कलरबाथका नेपाल अध्यक्ष लामाले भूकम्पपछि आफूहरुको उद्देश्यमा केही परिवर्तन गरी भूकम्पले क्षति पुर्‍याएको बिद्यालय तथा फुटबल प्रशिक्षण गर्न सकिने मैदान निर्माणमा च्यारिटीबाट उठेको रकम सहयोग गर्ने निर्णय गरिएको बताए ।

पत्रकार सम्मेलनमा एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले मैत्रीपूर्ण खेल दशरथ रंगशालामा गर्ने तयारी भएपनि खेलकुद परिषदले रंगशाला उपलब्ध नगराएका कारण सातदोवाटोमा गर्न लागिएको जानकारी दिए ।

उनले भने, ‘भूकम्पपछि बन्द दशरथ रंगशाला यही खेलबाट खुलेको जानकारी हामी दिन चाहन्थ्यौं तर परिषदले हामीलाई मैदान उपलब्ध गराएपनि प्याराफिट उपलब्ध गराएन,’ उनले थपे, ‘भूकम्पपछिको यति लामो समयसम्म पनि परिषदले रंगशाला पुनर्निर्माण सम्पन्न नगर्नु दुखद पक्ष हो । हामीले प्राबिधिक जाँच गरेर रंगशाला प्रयोग गर्छौं भन्दा पनि परिषदले दिएन ।’

दशरथ रंगशाला उपलब्ध नभएपछि सातादोवाटोमा रहेको मैदानमा केहि अस्थायी प्याराफिट निर्माण गरी खेल खेलाउने तयारी भइरहेको सिइओ तुलाधरले जानकारी दिए । सिइओ तुलाधरले रंगशाला पुनर्निर्माणका लागि सरकारले तदारुकता नदेखाएको आरोप लगाए ।

नेपाली फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय