+
+

दुई महिने सुत्केरीको कुटपीट गरी हत्या

 कपिल ज्ञवाली कपिल ज्ञवाली
२०७३ कात्तिक १२ गते १०:५५

१२ कात्तिक, बुटवल । रुपन्देहीको देवदह-२ ढेकारमा दुई महिने सुत्केरीलाई लुटेरा समूहले कुटपिट गरी हत्या गरेको छ ।

death-bodyगएराति एक बजे लुटेराहरुको समूहले कुटपिट गर्दा दुई महिनाकी सुत्केरी २४ वर्षीया नमकला पाण्डेको मृत्यु भएको हो । लुटेरा समूहले नमकलालाई कुटपिट गरी चार तोला सुनका गहना समेत लुटेर लगेका छन् ।

दुई महिनाकी छोरी दूध खान नपाएर रोएपछि मात्र अर्को कोठामा सुतेका नमकलाका ससुरा देवीप्रसाद पाण्डेले हेर्दा हत्या भएको अवस्थामा बुहारीलाई फेला पारेका थिए । त्यसपछि आफूले तत्काल प्रहरीलाई खबर गरेको पाण्डेले बताए ।

नमकलाको दायाँ कानमाथि धारिलो हतियारले काटेको घाउ छ । घाइते नमकलाको उपचारको क्रममा क्रिमसन अस्पताल मणिग्राममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मुकुन्द मरासिनीले बताए ।

घरमा सासु-ससुरा अर्को कोठामा सुतेका थिए भने श्रीमान वैदेशिक रोजगारीको सिलसिलामा दुबइमा छन् ।

लुटेरा समूहले नमकलाले लगाएको सुनको सिक्री, मंगलसुत्र लगायतका गहना लुटेर लगेका छन् । लुटेराहरुको खोजीकार्य तिब्र भैरहेको प्रहरीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?