+
+

सप्तरी पुगेर राजेन्द्र महतोले भने- पाँच जिल्लाबाहेक अरु विवाद मिल्यो

'मधेस बाहुल्य क्षेत्रलाई मधेस प्रदेशमा मिलाउनुपर्छ'

एस.के. शान एस.के. शान
२०७३ कात्तिक १३ गते १३:२२

rajendra-mahato१३ कात्तिक, सप्तरी  । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले तराई/मधेसका पाँच जिल्लाबाहेक अन्य जिल्लालाई मधेस प्रदेशमै राख्न प्रमुख तीन दलका नेताहरु तयार भएको बताएका छन् ।

महतोले अब पाँच जिल्लामा मात्रै विवाद रहेको र यी जिल्लाका मधेस बाहुल्य वस्तीलाई समेटेर भए पनि सीमांकनको विवाद ट्ंग्याउनुपर्ने बताए ।

सरकारसँग मधेसी मोर्चाको आइतबार (भोलि) औपचारिक वार्ता हुने र सो वार्तामा सीमांकन र संविधान संशोधनको विषयलाई आफूहरुले एजेन्डा बनाउने महतोले बताए । ‘सरकारसँग मधेसी मोर्चाको औपचारिक वार्ता हुने जानकारी प्राप्त भएको छ’ सदभावना निकट प्रेस मञ्चले शनिबार राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा महतोले भने, ‘वार्तामा संविधान संशोधन र सीमांकनको कुरा हामी उठाउँछौं ।’

महतोले पाँच जिल्लाका पहाडी वस्तीलाई पहाडमा र मधेसी वस्तीलाई मधेसमा मिसाएर भए पनि सीमांकनको विवाद टुंग्याउनुपर्नेमा जोड दिए ।

झापादेखि चितवनसम्म मधेस र नवलपरासीदेखि कञ्चनपुरसम्म थरुहट प्रदेश आफूहरुको एजेन्डा रहेको बताउँदै यस्तो नगरे आफूहरुले सीमांकन नमान्ने महतोले उद्घोष गरे ।

संविधान संशोधन नगरिए मुलुकमा ठूलो संकट उत्पन्न हुने बताउँदै उनले वार्तामा संविधान संशोधनको कुरा जोडका साथ उठाइने जानकारी दिए । उनले छठभित्र संविधान संशोधन प्रस्ताव संसदमा पेश नभए मोर्चाको बैठक बसेर आन्दोलनको कार्यक्रम सार्वजनिक गरिने बताए ।

पहाडमा गाँसिएका तराई/मधेसका अन्य जिल्ला मधेस प्रदेशमै मिलाउन मुख्य तीन दल सहमत भए पनि पाँच जिल्लालाई दिन नखोजेको महतोले बताए ।’पूर्वका झापा, सुनसरी र मोरंग तथा पश्चिमका कैलाली कञ्चनपुरलाई मधेसको प्रदेशमा दिन खोजेको छैन’ महतोले भने, ‘यी पाँच जिल्लालाई पनि मधेसमा नदिए सीमांकन मान्य हुने छैन ।’

यी पाँच जिल्लाका बासिन्दा मधेसको प्रदेशमा जान चाहँदैनन् भन्ने भ्रम फैलाइएको बताउँदै महतोले यो भ्रम चिर्न पाँच जिल्लामा बसोबास गर्ने मधेसी र थारुसँग सोध्नुपर्ने बताए ।

‘सरकार र मुख्य दलका नेताहरुले जनता नै मधेस प्रदेशमा जान नखोजेको भनेर भ्रम फैलाइरहेको छ’ उनले भने, “वास्तविकता यो होइन, यी जिल्लामा बसोबास गर्ने मधेसी/थारुहरुले तराई/मधेसकै प्रदेशमा बस्न चाहेका छन् । यसको सर्वेक्षण, जनमत संग्रह जे हुन्छ, सरकारले गरोस् । आएको परिणामलाई हामी पनि मान्नेछौं ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?