+
+

युरिन फेसियलः सुन्दर बन्ने ध्याउन्नमा अनुहारमा पिसाब

एजेन्सीको सहयोगमा एजेन्सीको सहयोगमा
२०७३ कात्तिक १४ गते ११:५२

facialसुन्दरताका लागि मानिसले के सम्म गर्दैन । हुँदा हुँदा मानिसले अनुहार सुन्दर बनाउने ध्याउन्नमा पिसाबले मुख धुन थालेको छ । अहिले एउटा यस्तो ब्यूटी ट्रेण्ड दखा परेको छ, जहाँ मानिसहरु पिसाबले मुख धोइरहेका छन् ।

यसलाई युरो थेरापी अर्थात् पी फेसियल पनि भनिन्छ । घरमै गर्न सकिने यो फेसियलमा मानिसहरुले आफ्नो पिसाब भाँडोमा जम्मा गरेर कपडा वा कपासमा चोपी आफ्नो अनुहारमा दल्छन् । यसरी अनुहारमा पिसाब दलिसकेपछि केहीबेर सुक्नका लागि छाडिन्छ अनि केहीबेरपछि अनुहार पानीले धोइन्छ ।

पिसाबको फेसियल गर्नेहरुले यो निकै उत्कृष्ट भएको भन्दै यसले छालामा चमक ल्याएको, छाला चिलाउने, कडा तथा सुख्खा हुने समस्या हटेको र दागधब्बा पनि हटेको दाबी गरेका छन् । अझ बिहान फेरेको पिसाब फेसियलका लागि सबैभन्दा उत्तम हुने अनुभव उनीहरुको छ ।

पिसाब फेसियलका पारखीहरुका अनुसार पिसाबले मुख धुनाले पिसाबमा भएका युरिया तथा युरिक एसिडले छालालाई सुुन्दर तथा किटाणु रहित बनाउने र पिसाबसँगै नष्ट हुने पोषक तत्वहरु सरीरले सोेसेर लिन्छ ।

तर विज्ञहरु भने यसमा सहमत छैनन् । अमेरिकी छाला विज्ञ सेजल शाहका अनुसार यसरी अनुहारमा पिसाबले धुँदा संक्रमण लगायतका जोखिम हुने बताछिन् । पिसाबमा युरिया तथा अन्य छालाको स्याहारका लागि आवश्यक पर्ने तत्व निकै कम हुने र छालालाई हानी गर्ने तत्व रहन सक्ने उनको चेतावनी छ । त्यस्तै कतिपय प्रयोगकर्ताले पिसाब थेरापीले उल्टै अनुहारको छाला चिलाउने तथा फोका उठ्ने जस्ता समस्या देखिएको गुनासो गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?