Comments Add Comment

पर्साका विभिन्न स्थानमा आगलागी, ६२ लाखभन्दा बढीको धनमाल नष्ट

१५ कात्तिक, पर्सा । पर्साको विभिन्न तीन ठाउँमा आज बिहान आगलागी हुँदा लाखौँको धनमाल जलेर नष्ट भएको छ ।

aagoलक्ष्मीपूजाका लागि बालिएको दियोबाट पर्साको हपुर गाविसमा र विद्युत्को तार सर्ट भई वीरगन्ज उपमहानगरपालिकाको दुई स्थानमा आगलागी भएको हो ।

तीनै स्थानमा भएको आगलागीमा परि  ६२ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

वीरगन्जको उपमहानगरपालिका–१३ आदर्शनगर स्थित टायर गोदाममा विद्युत्को तार सर्ट भई आज बिहान आगलागी हँुदा रु ६० लाखभन्दा बढीको ३०० थान टायर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

स्थानीय गोविन्द साहको टायर गोदाममा बिहान ३ः३० बजे सुरु भएको आगलागी वीरगन्ज उपमहानगरपालिका कार्यालयबाट गएको बारुणयन्त्र, स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा बिहान ५ः३० बजे नियन्त्रणमा लिएको पर्साका प्रहरी उपरीक्षक डा राजुबाबु श्रेष्ठले जानकारी दिए ।

आगलागीमा परि रु २५ हजार प्रतिथान मोल पर्ने ३०० थान टायर जलेर नष्ट भएको व्यापारी साहले प्रहरीलाई जानकारी दिएको उपरीक्षक श्रेष्ठले बताए ।

यसैबीच विद्युत् तार नै सर्ट भई वीरगन्ज उपमहानगरपालिका–८ लाठगलीमा रहेको विणयकुमार साहको कम्प्युटर पसलमा आगलागी भएको छ । करिब १२ः३० बजेबाट सुरु भएको आगलागी नगरपालिकाको बारुणयन्त्र र प्रहरीको सहयोगमा बिहान डेढ बजे नियन्त्रणमा लिइएको उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।

आगलागीमा परि पसल भित्र र रहेको करिब रु ६० हजार मूल्य बराबरको कम्प्युटरका पार्टसलगायतका वस्तु जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

दीपावलीको पूजाअर्चना पछि घरभित्र बालेको दियोबाट आगो सल्किदा पर्साको हरपुर गाविस–६ निवासी राजकुमार यादवको घरमा आगलागी भएको छ ।

आगलागीमा परि यादवको घरमा रहेको लत्ताकपडा, भाडा, अन्न, नगद तथा जिन्सी गरी रु एक लाख ६० हजारको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

राति १२ः४५ बजेबाट सुरु भएको आगो स्थानीय बासिन्दा र नेपाली प्रहरीको सहयोगमा दुई घन्टापछि नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment