Comments Add Comment

‘संशोधित संविधानमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था होस्’

Baburam-bhattrai१५ कात्तिक, काठमाडौं । नयाँ शक्ति नेपालले संविधान संशोधन गर्दा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्न माग गरेको छ । उसले पूर्णसमानुपातिक संसदको प्रावधान पनि समावेश गर्न भनेको छ ।

दीपावली, नेपाल सम्वत् र छठको अवसरमा नयाँ शक्तिले जारी गरेको शुभकामना सन्देशमा लेखिएको छ- नेपाली राजनीतिमा देखिएको अन्यौलता चिर्दै संविधान संशोधनमार्फत संविधानको स्वीकार्यता वृद्धि गर्दै संविधानको सफल कार्यान्वयनको दौरानमा स्थीरता र विकासकालागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र समानुपातिक समावेशी प्रावधानकालागि पूर्णसमानुपातिक संसदको प्रावधान पनि समावेश गर्न पुनः स्मरण गराउन चाहन्छौं ।

प्रवक्ता खिमलाल देवकोटाले हस्ताक्षर गरेको सन्देशमा यी चाडपर्वहरु नेपाली समाजको सम्वृद्धिका निम्ति कार्य गर्ने प्रेरणा मिलोस् भन्ने कामना पनि गरिएको छ ।

‘दिपावली, छठ र नेपाल सम्वत ११३७ ले स्थायित्व विकास र सम्वृद्धिको मार्ग प्रशस्त गरोस् यहि हाम्रो कामना छ,’ शुभकामना सन्देशमा लेखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment