Comments Add Comment

उपेन्द्र पौडेल भन्छन्- वित्तीय क्षेत्रमै रहन्छु तर बैंकरको रुपमा होइन

upendra paudel

१५ कात्तिक, काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्षसमेत रहेका एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत आगामी तीन महिनापछि बैंकिङ क्षेत्रबाट बाहिरिँदै छन् । आगामी मंसिर ९ गते उनको कार्यकाल सकिँदै छ । तर, उनकै आग्रहमा तीन महिना कार्यकाल थपिएको छ ।

आफू एउटा ग्लोबल कन्फ्रेन्स गर्ने तयारीमा रहेकाले आफ्नै आग्रहमा कार्यकाल थपिएको उनले बताए । जसअनुसार अब उनले आउँदो फागुनसम्म एनएमबीकेा सीइओ भएर काम गर्नेछन् ।

पौडेलको अग्रसरतामा आगामी मार्च ७ देखि १० गतेसम्म ग्लोबल अलाइन्स फर बैंकिङ अन भ्यालुज कन्फ्रेन्स नेपालमा हुँदैछ ।

पौडेलले ३१ वर्षअघि तत्कालीन गि्रनलेज बैंक (हालको स्टान्डर्ड चार्टर्ड बैंक) बाट बैंकिङ करियर सुरु गरेका थिए । फाइनान्स कम्पनी हुँदादेखि नै उनी एनएमबीको सीइओ थिए । एनएमबीको स्थापना भएको १७ वर्ष भयो ।

यति लामो समय सक्रिय बैंकिङ गरेका उनी अब के गर्छन् त ? अनलाइनखबरको जिज्ञासामा पौडेलले भने, ‘म वित्तीय क्षेत्रमै रहन्छु तर बैंकरको रुपमा होइन ।’

वित्तीय समावेसीता र वित्तीय पहुँच विस्तारमा आफू सक्रिय भएर लाग्ने उनले बताए । ‘जागिर सकिएको ५/६ महिना केहि पनि काम गर्दिनँ । त्यसपछि वित्तीय क्षेत्रकै विकासका लागि समाज सेवाको दृष्टिकोणले काम गर्छु,’ उनले भने ।

वित्तीय क्षेत्रको सुधार कार्यक्रममा पनि आफ्नो अनुभव खर्च गर्न आफू तयार रहेको उनले बताए ।

उनले भने, ‘नेपालको वित्तीय क्षेत्रमा सुधार गर्नुपर्ने केही विषयहरु छन्, जो बैंकरकोरुपमा नभई विज्ञकोरुपमा पनि गर्न सकिने प्रशस्त ठाउँहरु छन् ।’

यो पनि पढ्नुहोस् 

डाक्टर बन्न नसकेपछि बैंकर बने उपेन्द्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment