+
+

भूकम्पले भत्काएको लघु जलविद्युत् ऋण गरेर पुनःनिर्माण

रासस रासस
२०७३ कात्तिक १७ गते १३:००
फाइल तस्वीर
फाइल तस्वीर

१७ कार्तिक, गोरखा । गोरखाको लापु गाविसका स्थानीयवासीले भूकम्पले गर्दा क्षति पुगेको नौलीखोला पहिलो लघु जलविद्युत् आयोजना ऋण खोजेर पुनःनिर्माण गरेका छन्। पाँच/पाँच हजार रुपैयाँका दरले स्थानीयवासीले पैसा जुटाएपछि १० किलोवाट क्षमताको लघुजलविद्युत् आयोजनाको मर्मत सम्पन्न भएको उपभोक्ता समितिका सदस्य जीव गुरुङले बताए।

अठार महिनाअघिको भूकम्पले खोलाबाट आयोजनासम्म पानी ल्याउने कुलो तथा विद्युत्को पावर हाउसमा क्षति पुर्‍याएको थियो। ऋण खोजेको पैसाले आयोजना मर्मत गरेपछि विद्युत् उत्पादन सुरु भएपछि गाउँ उज्यालो भएको गुरुङको भनाइ छ। उक्त विद्युत् लापु गाविसको वडा नं २, ५ र ९ वडाका १०० टहरोमा जडान गरिएको हो।

विद्युत् सुचारु भएपछि गाउँले खुसी छन्। कुटानीपिसानी गर्न, रेडियो सुन्न, टिभी हेर्न र टेलिफोनका टावर सञ्चालनमा सजिलो भएको छ। त्यस्तै उज्यालोमा बसेर विद्यार्थीले पढ्न पाएका छन्। विद्युत् अवरुद्ध हुँदा मट्टितेल बाल्नुपर्ने बाध्यता थियो भने केही गाउँलेले सल्लाको दियालो बाल्ने गरेका थिए।

चार लाख रुपैयाँ लगानी गरी विद्युत् आयोजनाको मर्मत गरिएको हो। जिविस गोरखासँग आयोजना मर्मतका लागि बजेटको माग गरिए पनि नपाएपछि गाउँलेले आफैँ आयोजनाको मर्मत गरेका हुन्। भूकम्पले क्षति पुर्‍याएका ३० भन्दा बढी लघु जलविद्युत् आयोजना बजेट अभावले मर्मत हुन सकेका छैनन्।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?