Comments Add Comment

कैलालीमा जिप दुर्घटना, छ घाइते

१७ कात्तिक, धनगढी। पूर्व–पश्चिम राजमार्गअन्तर्गत कैलालीको गोरङ्गे सडक खण्डमा बुधकार  से १ च ८२३ नं को जिप दुर्घटना हुँदा छ जना घाइते भएका छन् ।

Jeep-Accidentइलाका प्रहरी कार्यालय लम्कीकाअनुसार कैलालीको सुगरखालबाट लम्कीतर्फ आउँदै गरेको सो जिप सडकमा पल्टिएको हो ।

दुर्घटनामा परी जिपमा सवार इप्रका सुगरखालका प्रहरी नायब निरीक्षक रामचन्द्र भट्ट, भारतीय नागरिक प्रविन गुप्ता, जिप चालक सुगरखालकै शङ्कर शाही, वीरबहादुर श्रेष्ठ, मानव नेवार र सुर्खेतका १४ वर्षीय नवीन विष्ट घाइते भएका छन् ।

घाइतेको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment