Comments Add Comment

सपनाले पुनर्निर्माण गरिदियो चेपाङ विद्यार्थीले पढ्ने विद्यालय

latauli-school

१८ कात्तिक, चितवन । सामाजिक सेवामा सक्रिय सपना भिलेज सोसल इम्प्याक्टको सहयोगमा चितवनको विकट पहाडी गाउँ लटौलीको एक विद्यालयको पुनर्निर्माण गरिएको छ ।

महाभूकम्पका कारण क्षतविक्षत बनेको राष्ट्रिय प्राथमिक विद्यालयको पुनर्निर्माण कार्य विहीबार सम्पन्न भएको हो । पुनर्निर्माणमा करिब चार लाख रुपैयाँ खर्च भएको सपना भिलेल सोसल इम्प्याक्टका अध्यक्ष धुव्र गिरीले बताए ।

चेपाङ सुमदायका विद्यार्थीहरुको बाहुल्यता रहेको विद्यालयमा भूकम्पका कारण विद्यालय भत्किएपछि विद्यार्थीहरु टहरामा बसेर पढ्न बाध्य थिए ।

‘विद्यार्थी र शिक्षकहरुले भोग्नु परेको समस्याबारे हामीले थाहा पायौं र पुनर्निर्माण गर्‍यौं,’ सपना भिलेज सोसल इम्प्याक्टका अध्यक्ष गिरीले भने । विद्यालय पुनर्निर्माण गर्न हल्याण्डबाट सहयोग प्राप्त भएको उनले जानकारी दिए ।

शक्तिखोर बजारबाट ३ घण्टा उकालो हिँडेपछि पुग्न सकिने सो विद्यालय विगतमा सामान्य गाउँले पारामा बनाइएको थियो । खानेपानी र शौचालयको समेत व्यवस्था थिएन । तर अहिले पुनर्निर्माणपछि विद्यालयको स्वरुप नै परिवर्तन भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुकमान प्रजाले बताए ।

विद्यालयका प्रधानाध्यापक बुद्धिराज गिरीले पुनर्निर्माणबाट सन्तोष र खुसी व्यक्त गरे । उनले भने, ‘अब खानेपानी र शौचालयका लागि समेत विद्यार्थीहरु जंगल जानुपर्दैन ।’

students

सोसल इम्प्याक्ट मार्फत निर्माण सकिएपछि होल्याण्डकी सहयोगदाता योका आफै विद्यालयमा पुगी विद्यार्थीहरुलाई शैक्षिक सामाग्री समेत वितरण गरेकी थिइन् ।

शारिरीक रुपमा अशक्त रहेकी उनले सांगीतिक कार्यक्रम गरेर पुनर्निर्माण र शैक्षिक सामाग्रीका लागि रकम जुटाएको जानकारी दिइन् । उनले आगामी दिनमा समेत सहयोगलाई निरन्तरता दिने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment