Comments Add Comment

मुखर्जीको भ्रमणले आज अधिकांश उडान प्रभावित हुने

१९ कात्तिक, काठमाडौं । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको जनकपुर र पोखरा भ्रमणले शुक्रबार आन्तरिकतर्फका अधिकांश उडान प्रभावित हुने भएका छन् ।

tiaभीभीआईपी उडानका कारण आन्तरिकतर्फका प्रायजसो उडानहरू प्रभावित हुने भएको हो ।  पोखरातर्फ भने बिहानका केही उडानबाहेक सबैजसो उडानहरू रद्द हुने भएका छन् ।

काठमाडौं-पोखरा तथा पोखरा-काठमाडौं दैनिक झन्डै ३८ वटा उडान हुँदै आएको छ । मुखर्जी भ्रमणले पोखरा-जोमसोमका केही उडानसमेत प्रभावित हुने छन् ।

काठमाडौंबाट जनकपुर र पोखराबाट काठमाडौं आउने समयमा भने त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हुने आन्तरिक र अन्तरराष्ट्रिय दुवै तर्फका उडानहरू बन्द हुने छन् ।

भारतीय राष्ट्रपति मुखर्जी शुक्रबार बिहान १०ः२० मा जनकपुर जाने कार्यक्रम रहेको छ । त्यस्तैगरी जनकपुरबाट १२ः३० मा पोखरा र पोखराबाट ३ः४५ मा काठमाडौं आएर पुनः काठमाडौंबाट ५ः१५ बजे दिल्ली जाने कार्यक्रम छ । जसका कारण शुक्रबार दिनभरजसो आन्तरिक र बेलुका अन्तरराष्ट्रियतर्फको उडान र अवतरण प्रभावित हुने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment