Comments Add Comment

टंगालमा बसेका लोकमानसिंह रामशाहपथ गएनन्

अदालतको म्याद गुज्रियो, म्याद नथामे कारवाही हुने

Lokman-Sing१९ कात्तिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीले नियुक्तिसम्वन्धी मुद्दामा सर्वोच्च अदालतमा तारेख बुझ्ने १५ दिने म्याद गुजारेका छन् ।

सर्वोच्चले अख्तियार प्रमुख कार्कीको योग्यतासम्वन्धी फैसला पुनरावलोकन गर्न आदेश दिएको थियो । त्यसको झण्डै एक महिनासम्म म्याद तामेली हुन सकेन । कार्कीका आफन्तले अवरोध गरेपछि तामेलदारले कात्तिक १ गते म्याद तामेलीभएको प्रतिवेदन बुझाएका थिए ।

म्याद तामेली भएको १५ दिनभित्र तारेख बुझ्न आफैं वा आफ्नो वारेसनामा पठाउनुपर्ने हुन्छ ।  तर, म्याद तामेल भएको १९ दिन हुँदासम्म कार्की न आफैं अदालतमा उपस्थित भएका छन्, न वारेसनामा नै पठाएका छन् । उनी अहिले टंगलालस्थित सरकारी आवासमै बसिरहेका छन्, त्यहाँबाट गाडी चढेर १५ मीनेटभित्रै अदालत पुग्न सकिन्छ ।

अब कार्कीसँग म्याद थाम्ने विकल्प छ । मुलुक ऐन अनुसार सामान्य प्रकृत्तिको मुद्दामा म्याद थाम्ने समय ३० दिनसम्म हुन्छ । तर, यो रिट निवेदनको हकमा के हुने भन्ने प्रष्ष्ट छैन ।

यसबारे सर्वोच्च प्रशासनले पनि केही भनेको छैन । कार्की वा उनको वारेसनामा लिएका व्यक्ति तारेख बुझ्न अदालत आएको समयमा नै सर्वोच्च प्रशासनले आफ्नो निर्णय लिने देखिन्छ, रिट निवेदक ओमप्रकाश अर्यालले भने ।

यदि कार्की म्याद थाम्ने अवधिमा पनि सर्वोच्चमा उपस्थित नभएमा मुद्दाको सुनुवाई प्रक्रिया अघि बढ्नेछ । र, अदालतलाई अटेर गरेवापत उनीमाथि कारवाही हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment