+
+

अझै बनेन वन्यजन्तु अस्पताल, दुर्लभ जनावर उपचार नपाएर मर्दै

अस्पताल निर्माणस्थल झाडीमा परिणत

राजेन्द्र आचार्य राजेन्द्र आचार्य
२०७३ कात्तिक २१ गते १०:४६

ghaite-gaida-rhino
२१ कात्तिक, चितवन । चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर सौराहामा वन्यजन्तु अस्पतालको शिलान्यास भएको २ बर्ष बित्यो । तर, अझै यो अस्पताल बन्ने संकेत देखिएको छैन ।

यसैका कारण विश्वमा नै दुर्लभ मानिएका दुई गैंडाहरुको उपचारमा समस्या भएको छ । केही गैंडाले स्तरीय उपचार नपाउँदा ज्यान गुमाएका छन् ।

अस्पताल शिलन्यास भएको ठाउँमा यतिवेला विभिन्न मिचाह प्रजातिको झारहरुले ढाकेको छ । अस्पताल निर्माणस्थाल यति झाडीमा परिणत भइसकेको छ ।

अस्पताल निर्माणस्थल नजिक रौटहतबाट ल्याइएको एक भाले बस्यक र पश्चिम चितवनमा बाघले आक्रमण गरी घाइते भएको केटो गैंडा मरिसकेको छ ।

यस अघि मंगलपुर सेतीदेवी सामुदायिक वनमा एउटा पोथी गैंडा भालेको आक्रमणमा परेर घाइते भएर मरेको थियो ।

shilanyas
वन्यजन्तु अस्पतालको शिलान्यास गर्दै तत्कालीन वनमत्री महेश आचार्य ।

घाइते तथा विरामी वन्यजन्तु उपचारको लागि सुविधासम्पन्न अस्पताल बनाउने भन्दै शिल्यान्यास गरिए पनि काम सुरु पनि नगरिँदा धेरै दुर्लभ वन्यजन्तुहरुले अकालमा ज्यान गुमाएका संरक्षणकर्मीहरुको भनाइ छ ।

नेपालमा नै पहिलोपटक घाइते, अपाङ्ग, विरामी तथा अशक्त वन्यजन्तुहरुको उद्धार गरी उपचार गर्न अस्पताल निर्माण गर्ने भन्दै निकै तामझामका साथ अस्पतालको शिलान्यास तत्कालीन वन मन्त्री महेश आचार्य २०७१ साल फागुन २० गते गरेका थिए ।

अस्पताल यसैवर्ष निर्माण गरिसक्ने लक्ष्य थियो । आर्थिक अभावका कारण अस्पताल निर्माणमा समस्या भएको चितवन राष्ट्रिय निकुञजका सहायक संरक्षण अधिकृत अभिनय पाठकले बताए ।

‘उद्धार गरी ल्याएका विरामी वन्यजन्तुको उपचार त भइरहेकै छ’ निकुञ्जका पुश चिकित्सक डा.कमल गैरेले अनलाईनखरसगँ भने,’एक्स-रेदेखि सम्पूर्ण शरीर परीक्षण गर्ने उपकरणसहित आधुनिक प्रविधिसहित उपचार गर्न पाइएको छैन ।’

ghaite-injured-gaida
अस्पताल बन्न नसक्दा ठूला घाउचोट र गोली लागेका वन्यजन्तुको अनुमानको आधारमा उपचार गर्नु परेको उनको भनाइ छ ।

२ करोडको लागतमा अस्पताल निर्माणको लागि अमेरिकाको डेनभर चिडीयाखाना, विश्व वन्यजन्तु कोष र राष्ट्रिय प्रकृति सरक्षण कोषले सहयोग गर्ने भनिएको थियो ।

प्रजनन केन्द्र लगायत देशका अन्य केन्द्रहरुमा स्वास्थ्य सुविधा उपलब्ध गराउने अस्पतालको उद्देश्य थियो । तर, पछिल्लो पटक अस्पताल निर्माणको लागि आएको रकम अन्यत्र खर्च हुदाँ समस्या भएको राष्ट्रिय प्रकृति सरक्षण कोष सौराहाका प्रमुख डा. चिरन्जीवि पोख्रेरलले बताए ।

यस्तै, वन्यजन्तु सम्बन्धी विभिन्न रोग तथा स्वास्थ्य समस्या सम्बन्धमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसस्थासँग समन्वय एवम सहकार्य गरी अध्ययन अनुसन्धान गरिने तयरी समेत विफल भएको संरक्षणविद् रामप्रति यादवले बताए ।

अस्पताल कस्तो ?

अस्पतालमा ४ जना पशुचिकित्सकसहित ७ जना प्राबिधिक, एक्सरे कक्ष, प्रयोगशाला र उपचारकक्ष राख्ने योजना छ ।
हात्ती, बाघ, गैंडाजस्ता ठूला वन्यजन्तुको एक्स-रेदेखि सम्पूर्ण शरीर परीक्षण गर्ने गरी अस्पताल सञ्चालन गर्ने योजना बनेको छ ।

त्यसका लागि मुभिङ एक्सरे मेसिन तथा क्वारेन्टाइनसम्म उपलब्ध गर्न तयारी भएको थियो । बिरामी अथवा घाइते वन्यजन्तुलाई निको नहुन्जेल अस्पतालमै राखिने र पूर्ण उपचारपछि प्राकृतिक बासस्थानमै लगेर छाडिनेसम्मको व्यवस्था पनि अस्पतालबाट हुने चितवन राष्ट्रिय निकुञ्जले जनाएको थियो ।

banyajantu-hospital-nirmans
झाडीमा परिणत भएको अस्पताल निर्माणस्थल

अहिलेसम्म काठमाडौं उपत्यकाका घाइते वन्यजन्तुलाई सदर चिडियाखानामा सामान्य उपचार गर्ने गरिएको छ । सामान्य उपचारपछि वन्यजन्तुलाई शिवपुरी नागार्जुन राष्ट्रिय निकुन्जको जंगलमा छाड्ने गरिएको छ ।

चिडियाखानामा स्थान अभाव र भेटेरिनरी अपर्याप्त रहेका कारण वन्यजन्तुका लागि आवश्यक सबै उपचार सम्भव नभएका कारण चितवनमा अस्पताल बनाउन लागिएको निकुञजका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले बताए ।

घरपालुवा जनावरका लागि अस्पताल निर्माण भएपनि ठूला वन्यजन्तुको उपचारका लागि अहिलेसम्म व्यवस्थित अस्पताल बनेको छैन । चितवन राष्ट्रिय निकुञ्ज र बाहिरका वन्यजन्तुका लागि सबैभन्दा सहज हुने अपेक्षा थियो ।

चितवनमा नै बेग्लै वन्यजन्तु उद्धार केन्द्र समेत निर्माण हुन भने त्यो पनि अझै अन्यौलमा रहेको उनले बताए ।

एक वर्षमा २५ वन्यजन्तु मरे

dead-rhino-gaida
चितवन राष्ट्रिय निकुञ्जले दिएको जानकारीअनुसार गएको आर्थिक वर्ष २०७२/७३ मा २५ वटा वन्यजन्तु मुत्यु भएको जनाएको छ ।

घाइते, जुधेर तथा उपचारका क्रममा ति जनावर मरेको हुन् । जसमध्ये १४ वटा गैंडा रहेको र १० वटा वन्यजन्तु जुधेर बाघको आक्रमणबाट चोटपटकका कारण मृत्यु भएको थियो । यस आर्थिक वर्ष मात्रै ३ वटा गैंडा मरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?