Comments Add Comment

काठमाडौंमा दुई दिने ‘अष्ट्रेलियन एजुकेशन फेयर’ हुने

austrelian-educatoin-fair
२१ कात्तिक, काठमाडौं । वानअप इभेन्ट एण्ड मिडिया सोलुसनको आयोजनामा काठमाडौंमा अष्ट्रेलियन एजुकेशन फेयर हुने भएको छ । आउँदो कात्तिक २६ र २७ गते एजुकेशन फेयर हुन लागेको हो ।

नेपालबाट अष्ट्रेलिया अध्ययनमा जाने विद्यार्थीलाई परामर्श दिँदै आएका कन्सल्टेन्सी सहभागी हुने मेलामा अष्ट्रेलियामा अध्ययन सम्बन्धी सम्पूर्ण जानकारी तथा परामर्श निःशुल्क दिइनेछ ।

राजधानीको होटल अन्नपूर्णमा हुने मेला अष्ट्रेलियमा पढ्न जान चाहाने विद्यार्थीका लागि निकै उपयोगी र सहयोगी हुने विश्वास आयोजकले गरेको छ ।

पछिल्लो समय समग्र विश्व नै एउटा गाउँको रुपमा परिवर्तन भइरहेको सन्दर्भमा नेपाली विद्यार्थी पनि विश्वका करिब ८० मुलुकमा अध्ययनका लागि जाने गरेका छन् ।

ति मुलुकहरुमध्ये अष्ट्रेलिया उत्कृष्ट गन्तव्यको रुपमा विकास भइरहेको छ । यसैलाई मध्यनजर गर्दै वानअप इभेन्टले फेयर गर्न लागेको वानअप इभेन्टका म्यानेजर प्रमित शर्माले जानकारी दिए ।

फेयरको क्वीन्सल्याण्ड इन्टरनेशनल इन्स्टीच्युटको प्रस्तुतीमा हुने मेलाको इन एशोसियसन विथ ओली एण्ड एशोसियट्स हो । यसैगरी मेन सापेन्सर एजुकेशन पार्क हो भने सर्पोटेड बाइमा अस स्टडीज कन्सल्ट्यान्ट रहेको छ ।

मेलामा ५० वटा स्टलहरु रहनेछन् भने ति स्टलमा अष्ट्रेलियामा पढ्न जाने विद्यार्थीलाई परामर्श दिँदै आएका उत्कृष्ट कन्सल्टेन्सीका साथमा अष्ट्रेलियाका विभिन्न विश्वविद्यालयका प्रतिनिधिहरुको समेत सहभागिता रहने शर्माले बताए ।

मेलामा अष्ट्रेलिया अध्ययनसँग सम्बन्धित विषयवस्तुहरुको बारेमा विद्यार्थीलाई सम्पूर्ण जानकारी दिने उद्देश्य लिइएको छ । विशेषगरी अष्ट्रेलियन शिक्षा नीति, भिसा प्रक्रिया, छात्रवृत्ति, विद्यार्थीको स्वास्थ्य बिमा लगायतका विषयमा निःशुल्क परामर्श दिइनेछ । मेलामा प्रवेशको पनि निःशुल्क व्यवस्था गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment