Comments Add Comment

कृषि विकास बैंक र इजी लिंकबीच रेमिट्यान्स सम्झौता

agbl-and-easy-linkrremittance-agreement

२१ कात्तिक, काठमाडौं । कृषि विकास बैंक र इजी लिंकबीच रेमिट्यान्स सम्झौता भएको छ । सम्झौतापत्रमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौला र इजी लिंक रेमिट्यान्सका प्रमुख कार्यकारी अधिकृत डीपी अर्यालले हस्ताक्षर गरेका छन् ।

यो सम्झौतापछि अब विश्वका विभिन्न देशबाट इजी लिंक रेमिट्यान्स मार्फत आएको रकम कृषि विकास बैंकका देशभरी रहेका २४८ शाखाहरुबाट भुक्तानी लिन सकिने भएको छ ।

सम्झौतापछि इजी लिंक रेमिट्यान्सका प्रमुख कार्यकारी अधिकृत डी.पी अर्यालले विदेशबाट पठाएको पैसालाई छिटो छरितो तरिकाले सेवाग्राहीसम्म पुर्‍याउन यो सम्झौताले थप सहज बनाउने जानकारी दिए ।

‘रेमिट्यान्सको रकम उत्पादनशील क्षेत्रमा लगानी गरौं’ भन्ने मूल नाराका साथ इजी लिंकले विगत १७ बर्षदेखि विश्वका विभिन्न मलुकहरुबाट नेपालमा रेमिट्यान्स भित्र्याइरहेको छ ।

यो सम्झौता सँगै विश्वका विभिन्न मुलकबाट इजी लिंक रेमिट्यान्स मार्फत पठाएको रकम अब इजी लिंक रेमिट्यान्सका २२ सयभन्दा बढी एजेन्ट, सबएजेन्ट तथा सम्झौता भएका विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट भुक्तानी लिन सकिने कम्पनीका प्रबन्धक दिपेन्द्र खनालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment