+
+

विस्फोटक पदार्थसहित नेपाली दम्पत्ति सिलिगुडीमा पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक २१ गते १७:०३

nepali-jodi

२१ कात्तिक, काठमाडौं । भारतको सिलिगुडीमा ठूलो परिमाणमा विस्फोटक पदार्थसहित एक दम्पत्तिसहित तीन नेपाली पक्राउ परेका छन् ।

प्रहरीका अनुसार उनीहरुको साथबाट ६०९ थान जिलाटिन स्टिक र २०० थान डेटोनेटर बरामद भएको छ । यो सामाग्रीको प्रयोग गरेर ठूलै विस्फोट गराउन सक्ने प्रहरीको दाबी छ ।

गोप्य सूचनाका आधारमा दार्जीलिङको मोरमा रहेको दाबा छिरिङ भुटियाको कोठाबाट विस्फोटक पदार्थ बरामद भएको छ । साथै प्रहरीले दावा गुरुङ नामले समेत चिनिने दाबा छिरिङ भुटिया, उनकी पत्नी पूजा लिम्बु र कृष्णप्रसाद अधिकारी छन् ।

उनीहरुले सिलोङमा कोइलाखानीमा काम गर्दै आएका थिए । तर, छ महिनाअघि दार्जीलिङ आएको पाइएको सिलिगुडीका पुलिस कमिसनर सी एस लोप्चाले बताए ।

यद्यपि उनीहरुको कुनै सशस्त्र र आतंककारी समूहसँग संलग्न भए नभएको केही बताएको छैन ।

तर, केही समयअघि सिलुगुडीमा अतांककारी हमला हुन सक्ने सूचना पाएको बताएको छ । सन् २०१४ अक्टोबर २ मा दार्जीलिङको खाग्रागोरमा ठूलो विस्फोटकै थियो र यसमा जेयूएमबी समूह संलग्न रहेको बताइएको छ ।

प्रहरीका अनुसार दाबा र पूजाले दार्जलिङमा फास्टफुड क्याफे चलाइरहेका थिए भने कृष्ण सुरक्षा गार्डको काम गर्थे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?